पिसिआर ल्याब सञ्चालनमा

त्रिशुली । त्रिशुली अस्पताल नुवाकोटमा बिहिवारबाट पिसिआर ल्याब सञ्चालनमा आएको छ । संघिय सांसद हितबहादुर तामाङले ल्याबको उद्घाटन गरेका हुन् । उनले त्यस अवसरमा नुवाकोट, रसुवा र धादिङको लागी पिसिआर ल्याबले संक्रमण न्युनिकरण तथा रोकथाममा सहयोग पुग्ने बताए । नेपालकै तेश्रो उच्चस्तरिय ल्याब रहेको बताउदै उनले त्रिशुली अस्पतालबाट कोरोना संक्रमण मात्रै नभई झण्डै १ हजार भन्दा माथिको संक्रामक रोग तथा जेनेटिक परिक्षण गर्न सकिने जानकारी दिएका छन् ।

नुवाकोट निर्बाचन क्षेत्र नम्बर २ बाट निर्बाचित सांसद नारायणप्रसाद खतिवडाले स्थानिय पुर्बाधार बिकास साँझेदारी कार्यक्रम अन्तर्गतको रकम पिसिआर मेसिन खरिद तथा ब्यबस्थापनको लागी रकम निकासा गरेका थिए । सोही रकमबाट एक महिना अघि अस्पतालमा मेसिन ल्याइएको थियो । अहिलेलाई बिदुर नगरपालिकाले ल्याबका उपकरण खरिद तथा ब्यबस्थापनको लागी रकम खर्चिएको छ । पछि स्थानिय पुर्बाधार बिकास साँझोदारी कार्यक्रम अन्तर्गत आबाश्यक रकम बिदुर नगरपालिकामा शोधभर्ना हुने छ ।

कार्यक्रममा संघिय सांसद नारायणप्रसाद खतिवडाले समग्र नुवाकोट रसुवा र धादिङका नागरिकहरुको स्वास्थ्य उपचारमा सहयोग पुर्याउनका लागी आफुले सिफारिस गरेको बताए । बिश्व कोरोना भाईरसको संक्रमणबाट त्रसित भएको समयमा नुवाकोट सहित ३ जिल्लाका नागरिकहरुको कोरोना परिक्षणका साथै जेनेटिक परिक्षणमा सहज बनाउने उद्देश्यले आबाश्यक रकमको ब्यबस्था गरेको उनले बताए ।

बागमती प्रदेशका उप सभामुख राधिका तामाङले अस्पतालमा आएको विकास र परिवर्तनको प्रशंसा गरे । उनले नुवाकोटका नागरिकहरु सामान्य उपचारका लागि समेत काठमाडौ जानु पर्ने दुभाग्यपूर्ण अवस्थाको अन्त्य भएको बताएका छन् । त्यसका साथै अत्याधुनिक मेसिन स्थापनासंगै नुवाकोटमा स्वास्थ्यको सबै सम्भावनाहरु पुरा हुने प्रमाणित भएको पनि बताएका छन् ।

बागमती प्रदशेका सांसद केशबराज पाण्डेले त्रिशुली अस्पताललाई काठमाडौं उपत्यका पछिको अत्याधुनिक र सुविधासम्पन्न अस्पतालको रुपमा विकास गर्न सकिने तर्क गरेका छन् । त्यसका लागि जनप्रतिनिधिहरु लागिरहेको र ठूलो अप्रेसन समेत यही सम्भव हुने उनले बताए ।

नेकपा नुवाकोटका अध्यक्ष एवं बागमती प्रदेश सांसद हिरानाथ खतिवडाले कोरोनाको परिणमका लागि स्वाव पठाएको हप्तादिनसम्म पनि नतिजा नआउने र त्यसका कारण नागरिकमा पर्ने मनोसामाजिक असरको चर्चा गरे । उनले अब त्रिशुली अस्पतालमा पिसिआर मेसिन स्थापना भएर सञ्चालनमा आएसंगै यो तनाव र समस्याबाट जिल्लाबासीले मुक्ति पाएको बताएका छन् ।

यस्तै बागमती प्रदेशका सांसद बद्री मैनालीले अस्पतालले सुरु गरेको यो अत्याधुनिक प्रयोगशालाको सञ्चालन र निरन्तरताका लागि आफ्नो तर्फबाट सहयोग भइरहने प्रतिवद्धता व्यक्त गरेका छन् ।

बिदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले त्रिशुली अस्पतालमा उपलब्ध भएको पिसिआर मेसिनले १ हजार भन्दा बढि रोगको जेनेटिक परिक्षण गर्न सकिने बताएका छन् । केन्द्रिय प्रयोगशाला टेकु र बीर अस्पतालमा भएको जस्तै उच्चस्तरिय प्रबिधिको परिक्षण मेसिन जिल्ला अस्पतालमा रहेकाले स्वास्थ्य क्षेत्रको बिकास र उन्नयनको लागी विदुर नगरपालिका तत्पर रहेको उनको भनाई छ । त्यसैले खर्च भएको रकमको पछि सोधभर्ना हुनेगरी भएपनि मेसिन स्थापनाको लागि नगरपालिकाले तत्परता देखाएको उनले बताए ।

बागमती प्रदेश प्रयोगशालाका प्रमुख नारायण कार्कीले नेपालकै तेश्रो बरियतामा पर्ने उच्चस्तरिय मेसिन सहितको ल्याब नुवाकोटमा उपलब्ध भएको बताएका छन् । ल्याबको लागी आबाश्यक जनशक्ती समेत प्रदेश प्रयोगशालाबाट तालिम प्राप्त भैसकेको उनले सुनाए । कोरोना भाईरस मात्रै नभई जेनेटिक अध्ययन र अनुसन्धानको लागी समेत नुवाकोटको त्रिशुली अस्पताल अब अब्बल रहने उनको अनुमान छ ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अर्जुनप्रसाद न्यौपानेका अनुसार पिसिआर मेसिनको परिक्षणसम्पन्न भइसकेको र त्यसले काम गर्न थालेको छ । तैपनि अझ केही दिन उक्त मेसिनको नतिजालाई केन्द्रिय प्रयोगशालामा ‘भेरिफाई’ का लागि पठाइने छ ।

७ कार्तिक २०७७, शुक्रबार ०८:०७



तपाईको प्रतिक्रिया