गाउँमै ‘अक्सिजन कन्सनटेटर’ मेसिन

कुमरी । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नं. २ मा रहेको आधारधुत स्वास्थ्य केन्द्रलाई विभिन्न स्वास्थ्य सामाग्री प्रदान गरिएको छ ।

नेपाली काँग्रेसका नेता, बरिष्ठ चिकित्सक डा. केदारनरसिंह कसी मार्फत स्वास्थ्य सामाग्री वितरण गरिएको थियो । केसीको सक्रियतामा बिरामीहरू कृष्णमाया राई र रिता ढुंगानालाई डाक्टरको सिफारिस अनुसार नियमित अक्सिजन लगाउनु पर्ने भएकोले ले १/१ थान अक्सिजन कन्सन्टेटरसहित अन्य स्वास्थ सामाग्रीहरू स्वास्थ कार्यालय लाई हस्तान्तरण गरिएको थियो ।

सो अवसरमा वडा अध्यक्ष तिमिल्सिनाले वडा नं. २ भित्र रहेका अति आवश्यक भएका व्यक्तिहरूका लागि हाल ८ वटा ‘अक्सिजन कन्सनटेटर’ मेसिन सञ्चालनको लागी तयारी गरिएको जानकारी दिए । उनले हाल वडा भित्र रहेका बासिन्दाहरूलाई अक्सिजनको अति आवश्यक परेमा आफ्नो आवश्यकता अनुसार वडा बाटै ‘अक्सिजन कन्सनटेटर’ मेसिन लिएर घरमै लगेर सेवा दिन सुरूवात गरिएको छ । हाललाई १० लिटरका चार वटा मेसिनहरू रहेको, ५ लिटरका ४ वटा र अवस्यकता अनुसार ४ वटा ठुलो सिलिन्डर उपलब्ध गरिएको छ । यसबाटै सेवा सुचारु गरिएको र मेसिन थपेर १० देखि १२ वटासम्म पुर्याउने तयारी रहेको तिमल्सिनाले जानकारी दिए ।

वडा अध्यक्ष तिमल्सिनाल स्वास्थ्य मन्त्रालय अन्तर्रगतको स्वास्थ्य सेवा विभागबाट हाललाई ७ वटा ‘अक्सिजन कन्सनटेटर’ मेसिन ल्याइएको र आगामी दिनमा यसलाई थप गरी विभिन्न सेवा सहित समावेश गरिने समेत बताए । वडाअध्यक्ष तिमल्सिनाले हाल आधारभुत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा रहेको र जसमा चार जना कर्मचारी सहित हाल सञ्चालनमा रहेको सेवालाई अब आफ्नै भवनबाट सुचारु गर्न लागिएको समेत जानकारी दिए । उनले अत्याधुनिक आयुर्वेद औषधालय पनि छिट्टै आफ्नै भवनबाट सञ्चालन गर्ने तयारीमा रहेको बताए । अस्पतालको उपचार पश्चात् बिरामीहरूलाई अक्सिजन आवश्यक पर्ने हुनाले यसको सहजताका लागि वडा भित्र रहेका बासिन्दाहरूलाई स्वास्थ्य सेवा दिन आवश्यक ठानेर यस्तो काम गरिएको वडाअध्यक्ष तिमल्सिनाले जानकारी दिए । निकट भविष्यमा नै वडा बासिहरूलाई आधारभुत निशुल्क स्वास्थ्य सेवा सुचारु गरिने बताएका छन् । अति आवश्यक पर्दा वडामै आएर समेत सेवा लिन सकिने तिमल्सिनाले जानकारी दिए ।

जनताको सुखदुःख मा निरन्तर सहकार्य गरिने केसीले बताए । आयुर्वेदिक चिकित्सा मार्फत वडा कार्यलयसँग सहकार्य गरेर सक्दो आयुर्वेदिक औषधालयमा विभिन्न किसिमको रोगको उपचारका साथै अत्याधुनिक सेवा बिस्तार गर्न आयुर्वेद मेडिकल काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

१८ भाद्र २०८०, सोमबार १०:०८



तपाईको प्रतिक्रिया