एसपी काफ्लेले सार्वजनिक गरे नुवाकोटको अबस्था

विदुर । नुवाकोटमा सुरक्षा प्रणालीलाई ब्यबस्थापन गर्न मजबुत योजना सहित प्रहरी परिचालन भैरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटमा पत्रकार सम्मेलन गर्दै नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरिक्षक अविनारायण काफ्लेले शान्ति सुरक्षाको सबालमा कसैसँग पनि सम्झौता नहुने स्पष्ट पारे । नुवाकोट बसाई १३ महिना पुगेको बताउदै उनले जिल्ला भित्र सुरक्षा सतर्कता र आपराधिक क्रियाकलाप घट्दै आएको बताए ।

जिल्ला प्रहरी कार्यालय र मातहतका युनिटलाई चुस्त परिचालन गरी बिगतको आपराधिक क्यालेण्डर बनाउदै घटना हुन नदिन सजग रहेको उनले बताए । आफ्नो कार्यकालमा भए गरेका कार्यबाहीको उनले आज सार्वजनिक गरेका छन् । साथै चालू आर्थिक वर्षमा गर्ने योजना र रणनीतिका बारेमा एसपी काफ्लेले खुलेर पत्रकारहरुसंग कुराकानी गरेका छन् ।

पत्रकार सम्मेलनमा गत आर्थिक बर्षमा भए गरेका प्रगती बिवरणको बिषयमा पनि छलफल भएको थियो । कोरोना भाईरस र त्यसको संक्रमण न्युनिकरण गर्न प्रहरी परिचालन, जिल्लाभित्र शान्ति सुरक्षा कायम राख्न भएका प्रयास र नागरिक तहबाट आएका सूचना प्रहरीलाई महत्वपुर्ण हुने उनले बताए ।

७ श्रावण २०७७, बुधबार २१:०८



तपाईको प्रतिक्रिया