बालबालिकालाई निःशुल्क फुटबल प्रशिक्षण (फोटो फिचर सहित)

पिपल्टार । लकडाउनका कारण विद्यालय जान नपाएका बालबालिकालाई पिपलटार फुटबल क्लबले निःशुल्क फुटबल प्रशिक्षण दिन थालको छ ।

विदुर नगरपालिका–५ स्थित पिपलटारमा निर्माणधीन मदन भण्डारी रङ्गशालामा जुनियर उमेर समूहका ३० खेलाडीलाई क्लबले बुधबारबाट नियमित प्रशिक्षण दिने पिपलटार फुटबल क्लबका अध्यक्ष उद्धव पनेरुले बताए । प्रशिक्षक सन्तोष थापाले दैनिक रुपमा बिहान दुई घण्टा प्रशिक्षण दिनेछन् ।

नुवाकोटमा फुटबल खेलको विकास, प्रर्वद्धन र खेलाडी उत्पादन गर्ने लक्ष्यसहित प्रशिक्षण दिन थालेको उनको भनाई छ । जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा प्रशिक्षण भइरहेको छ ।

 

८ श्रावण २०७७, बिहीबार २१:२८



तपाईको प्रतिक्रिया