एसीसी प्रिमियर कपमा आज: नेपाल Vs मलेसिया

तस्विर श्रोत: एसिसि

काठमाडौँ ।

एसीसी प्रिमियर कपमा नेपालले मलेसियासँग चैत्र ३० गते आज ४:१५ मा ओमानको अल अमरेत मैदानमा खेल्दैछ।

समूह ए मा रहेको नेपाल, हङकङ, कतार, मलेसिया र  साउदी अरेविया मध्ये आज नेपाल र मलेसियाको खेल हुन लागेको हो । त्यस्तै समूह बी मा ओमान, युएई, कम्बोडिया, बहराइन र कुवेत छन् ।

एसीसी प्रिमियर कप प्रतियोगिताको विजेताले टि-२० एसिया कप खेल्न पाउनेछ ।

नेपालको तर्फबाट प्रमुख खेलाडीको रुपमा दीपेन्द्रसिँह ऎरी, कुशल मल्ल र कुशल भुर्तेल रहनेछन् ।

नेपाल र मलेसियाबिच हालसम्म भए ९ वटा टि-२० आई खेलमा नेपालले सर्वाधिक ८ खेलमा विजयी हुन सफल भएका छन्

३० चैत्र २०८०, शुक्रबार ११:२५



तपाईको प्रतिक्रिया