दैनिक फेरिन्छन् खोलामा प्रहरी

dozer excavator
फाइल फोटो

नुवाकोट । बालुवा चोरी निकासी नियन्त्रणका लागि खटिने प्रहरी नुवाकोटमा दैनिक रुपमा फेरबदल गर्ने नीति जिल्ला प्रहरी कार्यालयले लिएको छ ।

नुवाकोट प्रहरी प्रमुख एसपी अबिनारायण काफ्लेका अनुसार खोलामा २४ सैं घण्टा प्रहरी तैनाथ गरिएको छ । र उनीहरुलाई हरे दिन परिर्वतन गर्न थालिएको छ । प्रहरीकै संरक्षणमा नदी उत्खनन् हुने गरेको अघिको आरोपलाई चिर्न नुवाकोट प्रहरीले यसो गरेको हो । प्रहरीले नुवाकोटका १८ भन्दा बढी स्थानमा बालुवा निकासी र चोरी हुने स्थानको रुपमा पहिचान गरेर दिनरात नै पहरा दिइरहेको छ ।

केही दिनदेखि अबैध नदी दोहनको क्रम नरोकिएपछि नुुवाकोटका नदीहरुमा २४ सैं घण्टा प्रहरी परिचालन गरिएको छ । मैलुङदेखि कोल्पुटारसम्म त्रिशुली नदीमा बालुवा उत्खनन् हुने स्थान वरपर प्रहरी परिचालन गरेको जिल्ला अनुगमन समितिले जनाएको छ ।

ठुला उपकरण प्रयोग गरी दिन र रातको समयमा नदी उत्खनन् हुन थाले पछी जिल्ला अनुगमन समितिको आग्रहमा २४ सैं घण्टा प्रहरी परिचालन गरेको नुवाकोटका प्रहरी प्रमुख एसपी अबिनारायण काफ्लेले बताए । दिनमा हाते औजारको प्रयोग र रातको समयमा ठुला उपकरणको प्रयोग गरि नदी उत्खनन् गर्न थाले पछी जिल्ला अनुगमन समितिले कडाई गरेको हो ।

११ श्रावण २०७७, आईतवार १६:२५



तपाईको प्रतिक्रिया