पञ्चकन्यामा वृद्धाको हत्या

नुवाकोट । पञ्चकन्या गाउँपालिका ३ तीनघरेमा एक वृद्धाको हत्याको भएको छ । करिव दश वर्षदेखि एक्लै बस्दै आएकी ७१ वर्षीया नुरकुमारी थापाको हत्या भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रबहादुर खड्काले बताए ।

गाउँका मान्छेले काम गर्ने सिलसिलामा छिमेकीले मृत्यु भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनी एकल महिला समेत हुन् । उनको घर बस्तीभन्दा तल एकान्तमा छ ।

प्रहरीका अनुसार उनका छोरा काठमाडौं बस्दै आएका छन् । उनको हत्या सम्बन्धमा अनुसन्धान भइरहेको छ । उनको हत्या कसले गरेको हो भन्नेमा अनुसन्धान भइरहेकाले कसैलाई पक्राउ नभएको प्रहरीले जनाएको छ ।

२५ आश्विन २०८०, बिहीबार १५:४७



तपाईको प्रतिक्रिया