रसुवामा प्रहरीको जागरण अभियान

बेत्रावती । विश्व महामारी कोभिड–१९ को संक्रमणबाट नागरिकहरुलाई सुरक्षित राख्न रसुवा प्रहरी नागरिक जागरण अभियानमा लागेको छ ।

रसुवाका विभिन्न स्थानमा प्रहरीले माइकिङ गर्ने तथा स्थानीयहरुलाई भेटेर कसरी कोरोनाबाट सुरक्षित रहने भन्ने जानकारी दिएको छ । ईलाका प्रहरी कार्यालय कालिकास्थान, प्रहरी चौकी बेत्रावती, प्रहरी चौकी पारच्याङले कोरोना भाईरस नियन्त्रण सम्बन्धी जनचेतनामुलक माईकिङ गरेको हो । यसमा स्थानीय नागरिकहरुले साथ दिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

१४ श्रावण २०७७, बुधबार ०८:५९



तपाईको प्रतिक्रिया