नुवाकोटका एम्बुलेन्स चालकहरु घर जान नपाउने

आफ्नै खर्चमा क्वारेन्टाइन बस्नुपर्ने

विदुर । नुवाकोटभित्र सञ्चालनमा रहेका एम्बुलेन्सका चालकहरु अब घर जान नपाउने भएका छन् । उनीहरु सबैलाई विदुर नगरपालिकाले व्यवस्थापन गरिरहेको च्वाडी पब्लिक माध्यामिक बिद्यालयको जिल्ला स्तरिय एकिकृत बासस्थानमा राखिने छ ।

बिरामी ओसारपसार गर्दा कोरोना संक्रमण फैलन सक्ने भन्दै सबै चालकहरुलाई एकिकृत बासस्थानमा राख्ने निर्णय भएको हो । यसरी बस्दा चालकका लागि खानपानमा हुने खर्च सम्वन्धित एम्बुलेन्स सञ्चालक संस्थाले नै व्यहोर्नुपर्ने भएको छ ।

यो निर्णय भएसंगै एम्बुलेन्स चालकहरु घर जान वा होटलमा बस्न नपाउने भएको छ । एम्बुलेन्सहरु पनि विदुर नगरपालिकाले तोकेको स्थानमा मात्रै पार्किङ्ग गर्नुपर्ने छ । एम्बुलेन्स सञ्चालन तथा ब्यबस्थापन जिल्ला समन्वय समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । सबै एम्बुलेन्सको पार्किङ र चालक ब्यबस्थापन बिदुर नगरपालिकाले गर्ने छ ।

अब एउटा एम्बुलेन्समा पाँच जना भन्दा बढि चढ्न नपाइने भएको छ । चालक बस्ने क्याबिनमा अन्य कोही बस्न नमिल्ने, बिरामीको आफन्त बढीमा तीन जना मात्रै चढ्न पाउने भएको छ ।

१० भाद्र २०७७, बुधबार २२:५२



तपाईको प्रतिक्रिया