दुब्र्यसनी बिरुद्धको अभियान

विदुर । नुवाकोटमा प्रेरणा नेपालको सम्पर्क कार्यालय खुलेको छ । बर्षेनी हजारौँ युवा लागू औषधको दुब्र्यसनी, लागू औषधको खेती, उत्पादन तथा भण्डारणमा बढ्दो रहेको भन्दै त्यसको न्युनिकरणकालागि प्रेरणा नेपालले काम गर्ने बताइएको छ ।

बिषेशगरी बिद्यालय उमेर समुहमा लागू औषध तथा दुब्र्यसनीको जोखिम रहने भएकोले अभियान विद्यालय केन्द्रित हुने प्रेरणा नेपालको अभियन्ता सरोज पण्डितले जानकारी दिएका छन् । सोही अभियान अन्र्गत गएको हप्ता बट्टारस्थित युनाइटेड आधारभुत विद्यालयमा कार्यक्रमको आयोजना भएको उनले जानकारी दिएका छन् ।

कार्यक्रममा विद्यार्थीहरूलाई लागू औषधको दुब्र्यसनीमा फस्नसक्ने अवस्थाबाट कसरी बच्ने र टोललाई लागू औषध प्रयोग मुक्त कसरी बनाउने भन्ने ज्ञान दिइएको छ ।

५ माघ २०७७, सोमबार ०६:३०



तपाईको प्रतिक्रिया