नुवाकोटको पृथ्वी मावि बागमतीमा उत्कृष्ट

विदुर । विदुरमा रहेको पृथ्वी मावि बागमती प्रदेशकै दोस्रो उत्कृष्ट विद्यालय बनेको छ । एसइइको औसत नतिजामा ३.३४७ जिपए प्राप्त गर्दै पृथ्वी प्रदेशकै दोस्रो उत्कृष्ट विद्यालय घोषित भएको हो । सामूदायिक विद्यालयहरू शिक्षक र व्यवस्थापन समितिको चरम द्धन्द्धले समस्याग्रस्त हुनेक्रममा बढी रहेको समयमा नुवाकोटको पृथ्वी माविले भने आफूलाई नमुना घोषित गरेको छ ।

शिक्षा दिवसको अवसरमा मंगलबार पृथ्वी माविले सरकारका तर्फबाट सम्मान प्राप्त गरेको छ । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले बागमती प्रदेश भित्रका १३ जिल्लाका झण्डै दुई हजार सामूदायिक विद्यालयहरूको २०७९ को एसइई परीक्षाको नतिजालाई आधार मानेर मूल्याङ्कन गरेको हो । मूल्याङ्कनमा सामूदायिकतर्फ मेधा मावि तेखापुखु भक्तपुर प्रथम, पृथ्वी मावि नुवाकोट द्धितिय, श्रम राष्ट्रिय मावि कुमारीगाल काठमाडौं तृतीय, पृथ्वीनारायण मावि तारकेश्वर काठमाडौँ चौथो र बलम्बु मावि बलम्बु काठमाडौं पाँचौं भएका छन् । उत्कृष्ट पाँचमध्ये उपत्यका बाहिरको पृथ्वी मावि मात्र छ ।

खुशी प्रकट गर्दै विद्यालयका प्रधानाध्यापक बाबुराम लामिछानेले उपलब्धिलाई अब सिङ्गो नुवाकोटले आफ्नो पुँजी मानेर गर्व गनुपर्ने बताए । प्रअ लामिछानेले आफ्नो समाजिक सञ्जाल फसेबुक मार्फत बधाई दिनेहरूले पनि नुवाकोटलाई बधाई दिनुपर्ने समेत बताएका छन् ।

उत्कृष्ट पाँचमध्ये उपत्यका बाहिरको पृथ्वी मावि मात्र रहेको छ । २०७९ को एसइई परीक्षाको नतिजामा पृथ्वी मावि बागमती प्रदेशभरिको दोस्रो उत्कृष्ट विद्यालय प्रमाणित भएको छ । सामुदायिकतर्फ मेधा मावि तेखापुखु भक्तपुर प्रथम, पृथ्वी मावि विदुर नुवाकोट द्वितीय, श्रम राष्ट्रिय मावि कुमारीगाल काठमाडौं तृतीय, पृथ्वीनारायण मावि तारकेश्वर काठमाडौँ चौथा र बलम्बु मावि बलम्बु काठमाडौं पाँचौं भएका छन् । लामिछाने भन्छन्– ‘पृथ्वी मावि अब नुवाकोटको मात्रै उत्कृष्ट विद्यालय रहेन । यो उपलब्धिलाई सिङ्गो नुवाकोटले आफ्नो पुँजी मानेर गर्व गरौँ । बधाई दिनेहरूले पनि नुवाकोट लाई बधाई दिऊँ ।’

एसइई २०७९ को नतिाजमा पृथ्वी मावि जिल्लाकै प्रथम भएको थियो । उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरूमध्ये कृष्मा श्रेष्ठ र बन्दना पुडासैनीले ३.९५ जिपिए ल्याउन सफल भएका थिए । यस्तै सोही विद्यलायका अन्य विद्यार्थीहरूले पनि उत्कृष्ट नतिजा ल्याउन सफल भएका थिए ।

संस्थागत विद्यालयतर्फ रिलाइन इन्टरनेशलन एकेडेमी प्रथम, ह्वाइटकिड स्कुल बालुटार द्धितिय र प्लोरोसेन्ट स्कुल गोंगबु तेश्रो बनेका छन् ।

७ आश्विन २०८०, आईतवार १५:३९



तपाईको प्रतिक्रिया