विद्यालयमा ‘फुड फेस्टिबल’

चौघडा । मुलुकका सामुदायिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरू अतिरिक्त क्रियाकलापमा कमजोर रहँदै आएको भनेर त्यसप्रति आम रुपमा गुनासो बढिरहेका बेला नुवाकोट जिल्लाको लिखु गाउँपालिका वडा नं ४ मा रहेको सामुदायिक विद्यालय क्षेत्रपाल माध्यमिक विद्यालयका विद्यार्थीहरू भने अतिरिक्त क्रियाकलापमा पनि अब्बल रहँदै आएका छन् ।

नेपाल सरकारबाट नमुना विद्यालयको रुपमा वर्गिकृत रहेको क्षेत्रपाल मावि कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूले आफ्नै मेहनमा विभिन्न परिकार बनाएर फुड फेस्टिबल मनाएका छन् । विद्यालयका प्रधानाध्यापक हरिप्रसाद सुवेदीका अनुसार कक्षा १० का विद्यार्थीहरूले आफ्नो परियोजना कार्य अन्तर्गत स्थानीय उत्पादनबाट खानाका विभिन्न स्वादिष्ट परिकारहरू बनाएर फुड फेस्टिबल मनाएका हुन । अंग्रेजी विषयको व्यवहारिक सिकाइका लागि विद्यार्थीहरूले उक्त कार्यक्रम आयोजना गरेका थिए ।

उक्त कार्यक्रमको संयोजन माद्यमिक शिक्षक कमला चुदाराले सहजिकरण गरेको विद्यालयले जनाएको छ । विद्यार्थीले बनाएका परिकार स्थानीय उत्पादित वस्तुहरूबाट तयार पारिएको थियो । उनीहरूले बनाएका परिकारलाई विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, विद्यार्थीहरूले निकै स्वादिष्ट मानेको विद्यालयले जनाएको छ । विद्यालयका प्रअ सुवेदीले विद्यार्थीहरूलाई व्यवहारिक शिक्षामा पनि ज्ञान प्रदान गर्नका लागि कार्यक्रम आयोजना गरिएको जानकारी दिए । जिल्लाकै पुरानो र उत्कृष्ट विद्यालयको रुपमा रहेको क्षेत्रपाल मावि पछिल्लो समय अतिरिक्त क्रियाकलाप सहित एसइईको परीक्षमा पनि उत्कृष्ट रहँदै आएको छ ।

११ भाद्र २०८०, सोमबार ०९:४२



तपाईको प्रतिक्रिया