संगम सहकारीको २६ औं बार्षिक साधारण सभा

वक्तृत्वकला प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कार प्रदान गर्दै विदुरका मेयर राजन श्रेष्ठ, जिल्ला सहकारी संघका अध्यक्ष गोकर्णनाथ न्यौपाने, लगायत ।

विदुर । संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २६ औं बार्षिक साधारण सभा विदुरमा शनिवार सम्पन्न भएको छ ।

उक्त कार्यक्रमका प्रमुख अतिथि विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले संगम सहकारी जिल्लाकै सहकारीको तुलनामा अब्बल रहेको बताएका छन् । शेयर सदस्यहरूको सेवाका लागि उक्त सहकारीले गरेको कार्य अनुकरणिय रहेको उनको भनाई रहेको छ ।

कार्यक्रममा जिल्ला सहकारी संघ लिमिटेड नुवाकोटका अध्यक्ष गोकर्णनाथ न्यौपानेले नीति, विधि र प्रविधिलाई आत्मसाथ गर्ने सहकारीहरू हमेशा सफल र उदाहरणिय रहने बताउँदै संगम सहकरीले पनि यी तीन पक्षलाई आत्मसाथ गरेको बताएका छन् । न्यौपानेले सहकारी क्षेत्रमा केही समस्या र विकृति आएको भएपनि नुवाकोटमा सहकारीहरूमा त्यस्ता समस्या अहिलेसम्म देखानपरेको र आफुहरू नियमन र अनुगमन निरन्तर रहिरहेको बताएका छन् ।

कार्यक्रममा पत्रकार महासंघ वागमती प्रदेश अध्यक्ष शिव देवकोटा, राष्ट्रिय सहकारी बैंक नुवाकोटका जिल्ला संयोजक बैकुण्ठ मिश्र, नुवाकोट उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गीता अमात्य, पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनाल, सहयोगी बहुउद्देश्यीय सहकारीका अध्यक्ष बाबुराम अधिकारी, बट्टार सहकारीका अध्यक्ष ओमप्रकाश श्रेष्ठ, लायन बचत तथा ऋण सहकारीका ध्रुब ढकाल, चौतारी–गोसाइँकुण्ड सहकारीका सचिव सुकुमान डंगोललगायतले मन्तब्य राखेका थिए ।

साधारण सभामा संस्थाका अध्यक्ष नारायण श्रेष्ठ, कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठ, लेखा तथा सुपरिवेक्षण समितिका संयोजक सुदिप अमात्यले प्रतिवेदन पेश गरेका छन् ।

कार्यक्रममा उत्कृट कारोवार गर्नेमा बचत तर्फ त्रिशुलीका राधिका नापित, ऋण तर्फ विदुरका टंकबहादुर बानियाँ, बाबुनानी बचतमा पिपल्टारका याशिका तामाङलाई सम्मान गरेको छ । साथै अघिल्लो साता भएको जिल्ला स्तरिय अन्तर मावि संगम वक्तृत्वकला प्रतियोगिता–२०७९ का बिजेताहरूलाई पुरस्कार समेत प्रदान गरिएको छ । पहिलो हुने पृथ्वी मावि विदुरका रेजिना भण्डारी, दोश्रो हुने कल्याणकारी विद्या मन्दिर विदुरका समीक्षा श्रेष्ठ, तेश्रो हुने अर्किड एकेडेमी बट्टारका स्मृति रिमाल, सान्त्वना स्थान पाएका स्पार्कल स्कुल त्रिशुली कोलोनीका सिम्रन अधिकारी र अर्किड एकेडेमीका प्रतीक्षा रिमाललाई पुरस्कार प्रदान गरिएको छ ।

साथै बैशाखमा भएको स्थानीय तह निर्वाचनमा जनप्रतिनिधि बनेका सहकारी शेयर सदस्यहरूको समेत सम्मान गरेको छ । सम्मानित हुनेहरूमा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, तारकेश्वर गाउँपालिका वडा नं. १ का अध्यक्ष चक्रबहादुर तामाङ, विदुर वडा नं. ९ का सदस्य राजकुमार श्रेष्ठ र जिल्ला समन्वय समितिका सदस्य राजेन्द्र श्रेष्ठलाई सहकारीले सम्मान गरेको छ ।

२७ भाद्र २०७९, सोमबार ०४:३३



तपाईको प्रतिक्रिया