गुन्द्रुक भन्दा ब्रोइलर सस्तो

विदुर । आकस्मिक निषेधाज्ञाका कारण ब्रोइलर कुखुराको मासुको मूल्यमा देशै भरि गिरावट आएको छ । तयारी कुखुराको मासुको प्रतिकिलो मूल्य कालिमाटी तरकारी बजारले तोकेको गुन्द्रुकको भन्दा पनि सस्तो भएको भन्दै कुखुरापालक किसान चिन्तित भएका छन् ।

काठमाडौं उपत्यकामा ब्रोइलर कुखुराको तयारी मासु बिहीबारसम्म प्रतिकिलो २ सय ५५ रुपैयाँमा बिक्री भएको छ जबकी गुन्द्रुकको प्रतिकिलो मूल्य कालिमाटीमा २ सय ९५ रुपैयाँ तोकिएको छ । यो हिसावले काठमाडौंमै पनि कुखुराको मासु भन्दा गुन्द्रुक ४० रुपैयाँ प्रति किलो महंगो देखिएको छ ।

सातामा तीन पटकसम्म मूल्य घटेपनि मासुको बिक्री नबढेपछि किसानहरु चिन्तित भएको नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ । काठमाडौंमै देखिएको यो मुल्य गिरावटले नुवाकोटका कुखुरा कृषक पालक कृषकहरु समेत समस्यामा परेका छन् । विक्रिका लागि बजार पु¥याउनै मुस्किल भएको समयमा गुन्द्रुक भन्दा सस्तो भएको बोइलर कुखुराका कराण कृषकहरु समस्यामा छन् ।

सामान्य अवस्थामा काठमाडौं उपत्यकामा दैनिक साढे दुईदेखि तीन लाख किलो मासुको माग हुने गरेकोमा करिव एक लाख किलो मासु नुवाकोटबाटै जाने गरेको थियो । तर, लामो समय लकडाउनको कारण उक्त खपत आधिमा झरेको बताइएको छ । नुवाकोटबाट पनि मासु निर्यात हुनुसकेको छैन ।

सुरुसुरुको लकडाउनले कुखुरा बिक्री गर्न नसकेका किसानले कुखुरा पालन नगरेपछि असार आइपुग्दा बजारमा मासुको अभाव भएको मूल्य ३९० रुपैयाँ प्रतिकिलोसम्म पुगेको संघको भनाइ छ । मूल्य आकासिएपछि किसानले उत्पादन बढाएको तर पुनः निषेधाज्ञा सुरु भएपछि मूल्य ओरालो लागेको संघको भनाई रहेको छ । पछिल्लो १५ दिनमा मासुको मूल्य किलोमा डेढ सय रुपैयाँले सस्तो भएको र घट्दो मूल्यका कारण किसानको लागत पनि नउठ्ने अवस्था आएको हो ।

१३ भाद्र २०७७, शनिबार १९:१६



तपाईको प्रतिक्रिया