मंसिर मसान्तभित्र पहिलो किस्ता लिनुपर्ने

विदुर । भूकम्प प्रभावितलाई निजी आवास निर्माणका लागि किस्ता लिने समय मंसिर मसान्तसम्म तोकिएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले किस्ता लिने समय मंसिर मसान्तसम्म रहेको जानकारी दिए । तोकिएको समयभित्रमा अब पनि किस्ता नलिनेलाई लाभग्राही सूचीबाट हटाइने प्राधिकरणको तयारी छ ।

प्राधिकरणका अनुसार लाभग्राही सूचीमा रहेको कुल संख्या ८ लाख ६६ हजार २०७ छ । जसमध्ये ८ लाख २७ हजार ३४० जनाले मात्र अनुदान सम्झौता गरेका छन् । ३८ हजार ८६७ जनाले अझै अनुदान सम्झौता गरेका छैनन् ।

प्राधिकरणका अनुसार अहिलेसम्म ६ लाख १ हजार ५२४ घरको निर्माण सम्पन्न भएको छ । भूकम्पमा अतिप्रभावित १४ र कम प्रभावित १८ जिल्ला छन् । साउनबाट निजी आवास निर्माणको काम कम भएकाले प्रगति पनि कम देखिएको सहप्रवक्ता घिमिरेले बताए । अहिले प्राधिकरणबाट काम हस्तान्तरण भएर सहरी विकास मन्त्रालयमा गएको छ ।

२ मंसिर २०७८, बिहीबार २०:५५



तपाईको प्रतिक्रिया