एकिकृत पाठयक्रम सिक्दै शिक्षक

पञ्चकन्या । पञ्चकन्या गाउँपालिकाले प्राथमिक शिक्षकहरुलाई अनलाईनबाट तालिम दिन थालेको छ । पञ्चकन्या गाउँपालिकाको २७ वटा बिद्यालयबाट शिक्षकहरु तालिममा सहभागि भइरहेका छन् । एक विद्यालयबाट एक शिक्षक इन्टरनेटको माध्यबाट सहभाई भइरहेका छन् । कक्षा १ मा एकिकृत पाठयक्रम लागू भएकोले त्यसको पुर्व तयारीका लागि यो कार्यक्रम भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरेश पुडासैनीले जानकारी दिएका छन् ।

हिजोबाट सुरु भएको तालिम साउन ७ गतेसम्म सञ्चालन हुने रुडेक नेपालका अध्यक्ष मिनकुमार केसीले जानकारी दिएका छन् । यो तालिममा उनको संस्थाले सहजिकरण गरिरहेको छ । पन्चकन्या गाउँपालिकाको शिक्षा अधिकृत चक्रदेव जोशीका अनुसार शिक्षा क्षेत्रलाई बैकल्पिक बिधिबाट उठाउने यो पनि एउटा उपाया भएको छ।

५ श्रावण २०७७, सोमबार ०८:३७



तपाईको प्रतिक्रिया