२ र ३ गते भिटामिन ‘ए’

विदुर । सरकारले पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन आगामी कात्तिक २ र ३ गते भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने तयारी गरेको छ । २ र ३ गते भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइने भएको हो ।

भिटामिन ए कार्यक्रममार्फत ६ देखि ५९ महिनाका बाललिकाहरूलाई भिटामिन ए क्याप्सुल खुवाइनेछ । यस्तै १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने छ । दुई दिने अभियानमा ६ देखि ५९ महिनाका करिब २७ लाख बालबालिकाहरूलाई भिटामिन ए र २३ लाख ९३ हजार बढी बालबालिकाहरूलाई जुकाको औषधि खुवाईने स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५० सालबाट भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । जुकाको औषधि विसं २०५६ बाट खुवाउन थालिएको हो ।

‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रममा देशभरिका ५२ हजार स्वास्थ्य स्वयंसेविका मार्फत बालबालिकालाई खुवाउने गरिन्छ । आफूलाई पायक पर्ने खोप केन्द्रमा गएर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन नेपाल सरकारले अभिभावकलाई आग्रह गरेको छ ।

महाशाखाले अभियान बारे प्रदेश स्वास्थ्य निर्देशनालय, ७७ जिल्ला तथा ७५३ पालिकालाई समेत जानकारी गराइसकेको बताएको छ ।

३१ आश्विन २०७९, सोमबार ०४:४०



तपाईको प्रतिक्रिया