अनु अधिकारी सम्मानित

नुवाकोट । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता नुवाकोट पञ्चकन्या गाउँपालिकाका अनु अधिकारीलाई गाउँमै सम्मान गरिएको छ ।

पञ्चकन्या काँग्रेस खेलकुद विभागले उनलाई नगद १० हजार उक सय रुपैयाँ सहित सम्मान पत्र प्रदान गरेको हो । नेपाली काँग्रेस खेलकुद विभागका राजु कँडेलले शनिबार उनलाई नगद र सम्मान पत्र प्रदान गरे । उनी पन्चकन्या गाँउपालिका वडा नं. ४ का हुन् । अनुले गत मंसिरमा नेपालमा आयोजना भएको १३ औंं दक्षिण एशियाली खेलकुद (साग) मा कराँतेमा स्वर्ण पदक जितेका छन् । अनु अहिले ओलम्पिकको तयरीमा छन् । अर्को वर्ष जापानमा आयोजना हुने ओलम्पिक छनोटका लागि उनलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) ले छात्रबृति प्रदान गरेको छ ।

११ श्रावण २०७७, आईतवार १६:०५



तपाईको प्रतिक्रिया