विद्युतिय माइक्रोबस सञ्चालन हुँदै

बट्टार । दुई दशकदेखि सेवा दिदैं आईरहेको नेपाल माइक्रोबस प्रालिले यहि दशैंअघि विद्युतिय माइक्रोबस सञ्चालनमा ल्याउने भएको छ । बट्टारमा पत्रकार सम्मेलन गर्दै कम्पनीका सल्लाहकार राजेन्द्र आचार्यले दशैँअघि विद्युतिय माइक्रोबस सञ्चालनमा ल्याउने जानकारी दिए ।

आरामदायी, आकर्षक डिजाइन, विभिन्न नवीनतम् फिचर, ध्वनी प्रदुषणरहित र वातावरणमैत्री माइक्रोबसले यात्रुको यात्रा सहज गर्ने भएकोले किङलङ्ग माइक्रो बसको उत्पादन र सिजी मोटर्सको सहकार्यमा उक्त विद्युतिय माइक्रो बसहरू त्रिशूली–काठमाडौं र नगर यातायातको रुटमा सञ्चालनमा ल्याएको उनले बताए । माईक्रोबस सञ्चालनमा दुईदशको लामो अनुभव बटुलेका कारण अन्य यातायात कम्पनीको तुलनामा जिल्लामा आफ्नो कम्पनीको सेवाले फड्को मार्ने उनले दावी समेत गरे । विद्युतिय सवारीसाधन सञ्चालनको लागि आवश्यक चार्जिङ स्टेशन, चालक र सहचालकको छनौट तथा तालिम कार्य अघि बढी सकेको कम्पनीका अध्यक्ष नवराज आचार्यले जानकारी दिए । हाललाई १५ माईक्रो बस थप गरिने र सेवा विस्तार गर्दै थप गर्दै १४ र ११ सिटको सेवा सुरु गरिने उनले बताएका छन् ।

हाल कम्पनीको ३५ वटा माईक्रोबस सञ्चालनमा रहेको नेपाल माइक्रोबस कम्पनीका नुवाकोट ईञ्चार्ज सन्तोष उप्रेतीले जानकारी दिए । जसमा ६ वटा त्रिशूली–काठमाडौं रुटमा र अन्य २९ वटा नुवाकोटभित्र सञ्चालनमा रहेको उनले बताए ।

८ आश्विन २०८०, सोमबार ०५:३६



तपाईको प्रतिक्रिया