प्रशासनले गर्यो विदामा पनि काम

विदुर । २०८० सालमा सरकारले शनिबारबाहेक राजपत्रमा प्रकाशित बिदाका दिनमा समेत अत्यावश्यक सेवा प्रवाह गर्ने निर्णय गरेसँगै जिल्ला प्रशासन कार्यालय नुवाकोटले काम थालेको छ । जस अन्र्तगत बैशाख २२ गतेको सार्वजनिक विदामा समेत जिल्ला प्रशासनल कार्यालयले काम गरेको छ ।

प्रशासन कार्यालयले पनि बिदाको दिन राहदानी र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणसम्बन्धी सेवा प्रवाह गर्ने तयारी गरिरहेको छ । प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार गत चैत २ गते नेपाल राजपत्रमा प्रकाशित सार्वजनिक बिदाको दिनसमेत तीनवटा क्षेत्रको सेवा प्रवाह हुने जानकारी दिए । उनका अनुसार नागरिकतासम्बन्धी सेवा, राहदानीसम्बन्धी सेवा र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणसम्बन्धी सेवा प्रवाह हुनेछ । राजपत्रमा उल्लेखित सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालय, बैंक तथा वित्तीय संस्थालाई बिदामा कार्यालय सञ्चालन गर्नेबारे कार्यालय प्रमुखको बैठकमा छलफल गरेर आवश्यक व्यवस्था गर्न निर्देशन दिइएकोसमेत जानकारी दिए ।

साथै उनले कर्मचारीको अभावमा पनि भएका कर्मचारीलाई थप सुविधा दिएर बिदाको दिन सेवा सञ्चालन गर्न लागेको बताए । अब गणतन्त्र दिवस रहेको जेठ १५, रक्षाबन्धन रहेको भदौ १४, श्रीकृष्ण जन्माष्टमी रहेको भदौ २०, घटनास्थापना रहेको असोज २८, क्रिसमस डे रहेको पुस ९ र किराँत समुदायको उँधौली पर्व/योमरी पुन्ही/ज्यापू दिवस रहेको पुस १० सार्वजनिक बिदा भए पनि सेवा प्रवाह हुने भएको छ । यस्तै, तमु ल्होसार रहेको पुस १५, पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस रहेको पुस २७, माघेसङ्क्रान्ति/माघी पर्व रहेको माघ १, सोनाम ल्होसार रहेको माघ १५, जनयुद्ध दिवस रहेको फागुन १, राष्ट्रिय प्रजातन्त्र दिवस रहेको फागुन ७, महाशिवरात्रि/अन्तर्राष्ट्रिय महिला दिवस रहेको फागुन २५, ग्याल्पो ल्होसार रहेको फागुन २८, चैत ११ गते परेको फागुपूर्णिमा र इदुल फित्र, वकर इद (इद उल अजहा) का दिनसमेत उक्त तीन क्षेत्रको सेवा प्रवाह हुने प्रशासन कार्यालयले जनाएको छ ।

२५ बैशाख २०८०, सोमबार १९:०४



तपाईको प्रतिक्रिया