गाँउपालिकाले २१ गते बाट आन्दोलन गर्ने

ककनी । नुवाकोटको ककनी गाउपालिकाका अध्यक्ष सुमन तामाङले काठमाडौं माहानगरपालिका बिरुद्ध बैशाख २१ गते देखी सडकमा उत्रने बताएका छन् । काठमाडौ माहानगरपालिका, ककनी गाँउपालिका र धुनिवेशी नगरपालिकाको प्रभावित वडाअध्यक्षहरू बीच २०७९ जेठ २६ गते भएको सम्झौताहरू २०८० बैशाख अहिलेसम्म कार्यान्वयन नभएको उनले बताएका छन् ।

ककनी गाउपालिका वडा नम्बर २ सिसडोलका बासिन्दाहरूको स्वच्छ बाताबरणमा बाच्न पाउने मौलीक हकलाई काठमाडौं माहानगरले खोसेकोले सिसडोलबासीलाई त्यो हक उपलब्ध गराउन आफुहरू बाध्य भएर सडकमा जाने अवस्था आएको अध्यक्ष तामाङले बताएका छन् ।

बैशाख ५ गते ककनी गाँउपालिका र धुनिवेशी नगरपालिकाले सम्झौता अनुसार कार्यान्वयन नभए फोहोरको ढुवानी बन्द गर्नुका साथै दुवै पालिकाहरू सडकमा उतर्ने बताए पछि काठमाडौं माहानगरपालिकाका प्रवक्ता नविन मानन्धर सहितका टोलीले बैशाख १३ गते ककनी गाँउपालिकाका जनप्रतिनिधीहरूसंग वार्ता गरेको थियो । बार्तामा प्रवक्ता मानन्धरले फोहोर जहा बिर्सजन गर्ने हो ब्यवस्थापनको जिम्मेवारी पनि त्यहीका स्थानीय तहलाई दिनु पर्ने बताए । मानन्धरले स्थानीय पालिकाहरू बीचमा भएको सम्झौताहरू बैशाख २० गते भित्रनै कार्यान्वयनमा ल्याउने बताएका थिए ।

सिसडोलमा अहिले काठमाडौं सहित १८ वटा नगरपालिकाहरूको फोहोर बिर्सजन हुदै आएको छ । फोहोर मैला ब्यवस्थापनको लागी बैज्ञानिक तथा आधुनिक बिज्ञ टोली गठन गरी न्यून प्रभाव पर्ने गरी फोहोर मैला ब्यवस्थापन गर्ने र बञ्चरेडाँडाबाट निस्किएको लिच्चडलाई कोल्पुखोलामा मिश्रण नगरी अन्यन्त्र स्थानमा ब्यवस्थापन गर्नु पर्ने लगाएत ६ वटा मागहरू ककनी गाँउपालिका र धुनिवेशी नगरपालिकाले राखेको छ ।

१८ बैशाख २०८०, सोमबार १४:४३



तपाईको प्रतिक्रिया