करणीको अभियोगमा पक्राउ

कविलास । करणीको अभियोगमा नुवाकोटमा एक जना पक्राउ परेका छन् । २० बर्षिया महिलालाई करणी गरेको अभियोगमा पञ्चकन्या गाउँपालिका–३ स्यान्ताङडाँडा बस्ने ४५ वर्षीय कृष्णबहादुर तामाङ पक्राउ परेका हुन् ।

तामाङले ती महिलालाई गत जेठ २९ गते जबर जस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पञ्चकन्याबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

५ असार २०७८, शनिबार १६:३०



तपाईको प्रतिक्रिया