नुवाकोटमा असार १५ सम्म निषेधाज्ञा

विदुर । नुवाकोटमा जारी निषेधाज्ञा अर्को एक साता थपिएको छ । आज प्रमुख जिल्ला अधिकारीले सूचना जारी गर्दै भोलीबाट सकिने निषेधाज्ञा अर्को एक साता लम्ब्याएको जानकारी दिएका छन् ।

असार १५ गतेसम्म नुवाकोटमा निषेधाज्ञा जारी रहेको छ । नोबेल कोरोना भाइरसबाट नुवाकोटमा अहिले ९५२ जना सक्रिय संक्रिमतहरु छन् । एक हजार भन्दा कम सक्रिय संक्रमित रहेको अवस्थामा लकडाउनको ‘मोडल’ फेरि हिजैदेखि नुवाकोटमा चर्चा हुँदै आएको थियो । विद्यालय र सार्वजनिक यातायातका साधन बाहेक अन्य क्षेत्र सञ्चालनमा अबको निषेधाज्ञाले सहज हुने अनुमान भएको थियो ।

नुवाकोटमा निको हुने र संक्रमित हुनेको दर उस्ताउस्तै रहेको र दैनिक ५० भन्दा बढी कोरोना संक्रमतिहरुको नयाँ तथ्याङ्क तयार भइरहेकै कारण निषेधाज्ञा लम्बिएको बताइएको छ ।

७ असार २०७८, सोमबार १७:२६



तपाईको प्रतिक्रिया