गाउँपालिकाले औषधि वितरण गर्ने

जेष्ठ नागरिकलाई निःशुल्क औषधीको कार्ड वितरण गर्दै गाउँपालिका अध्यक्ष ।

शेराबगर । नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिकाले ६० वर्ष उमेर कटेका जेष्ठ नागरिकलाई निःशुल्क औषधि वितरण गर्ने भएको छ । अध्यक्षसग वृद्धवृद्धा कार्यक्रम अनुसार गाउँपालिकाले उक्त कार्यक्रमको शुभारम्भ गरेको छ । गएको शुक्रबार गाउँपालिकाका अध्यक्ष गोबिन्द थपलियाले सिक्रे स्वास्थ्य चौकीमा एक कार्यक्रमका बीच सो सेवाको शुभारम्भ गरे ।

अध्यक्ष थपलियाले ६० वर्ष माथि उमेरका जेष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य सम्बन्धि औषधिको ब्यवस्थापन गर्ने उदेश्यले कार्यक्रम सुरु गरिएको बताए । गाउँपालिकाले राज्यबाट पाउने ९८ प्रकारका औषधि बाहेक सुगर, प्रेसरसहित १६ थरी औषधि निः शुल्क वितरण गर्न लागेको गाउँपालिकाले जनायो ।

यसअघि सुर्यगढी, पञ्चकन्या लगायतका पालिकाले पनि जेष्ठ नागरिकलाई राज्यबाट दिने भन्दा थप औषधि वितरण गर्दै आएको छ । गाउँपालिकाको उक्त निर्णयसँगै शिवपुरीका एक हजार भन्दा बढि औषधि खानुपर्ने बिरामीहरूलाई थप राहत पुगेको छ । गाउँपालिकाको उक्त निर्णयको स्थानीयले स्वागत गरेका छन् ।

८ आश्विन २०८०, सोमबार ०५:३०



तपाईको प्रतिक्रिया