शुक्रबारबाट मात्रै मौसम सफा हुने अनुमान

काठमाडौं । देशभरका अधिकांश स्थानमा हल्का वर्षा, उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात भइरहेको छ । बुधबार बिहानैदेखि देशभर सामान्यदेखि पूर्ण बदली रहि अधिकांश स्थानहरुमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहेको छ । महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रहसमेत गरेको हो ।

मौसम पूर्वानुमान बुलेटिनमा भनिएको छ, ‘देशभर सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको र देशको उच्च पहाडी तथा हिमाली भू-भागहरुका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको संभावना रहेको छ । यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई/यातायात लगायत दैनिक जनजीवनमासमेत असर पर्न सक्ने देखिएकोले चिसोवाट बच्न र हिमपातवाट हुन सक्ने प्रभाव वाट जोगिन आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।’

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ पौष १४ गते (बुधबार)

दिउँसो : देशभर सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागहरुका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।

राति : देशभर सामान्य देखि पूर्णतया बदली  रहनेछ। देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम  वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ ।

२०७८ पौष १५ गते (बिहीबार)

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागहरुका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।

राति : देशभर आंशिकदेखि सामान्य बदली  रहनेछ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

२०७८ पौष १६ गते (शुक्रबार)

दिउँसो : देशभर आंशिक बदली रही एक वा दुई स्थानहरूमा हल्का वर्षा र गण्डकी प्रदेश र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।

राति : देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सफा रहनेछ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

१४ पुष २०७८, बुधबार १०:१५



तपाईको प्रतिक्रिया