शिक्षालय र -याडिसनबीच सम्झौता

विदुर । नुवाकोटमा रहेको पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयमा अध्यापन हुने होटल व्यवस्थापन संकायमा अध्ययन गरिरहेका प्रशिक्षार्थीहरूको प्रशिक्षणवृत्ति होटल -याडिसन होटेलमा हुने भएको छ ।

उक्त संकायका विद्यार्थीहरूले होटल -याडिसनमा प्रशिक्षणवृत्ति गर्न शिक्षालयबीच सम्झौता भएको छ ।

गएको शुक्रबार प्रशिक्षणवृत्ति लागि शिक्षालयका प्रमुख कपिल पाण्डे र होटलका निर्देशक किरण पन्तले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । प्राविधिक शिक्षा व्यवसायिक तालिम परिषद् अन्तर्गत नुवाकोट र रसुवा जिल्लाकै एकमात्र आङ्गगिक शिक्षालयमा अध्यापन हुने होटल व्यवस्थापन संकायको तेस्रो वर्षको दोस्रोखण्डमा अध्ययन गरिरहेका प्रशिक्षार्थीहरूको छ महिने प्रशिक्षणवृत्तिको लागि उक्त होटलसँग लिखित सम्झौता गरेको पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयले जानकारी दिएका छ ।उक्त सम्झौता सिटिइभिटी प्रणालीमै पहिलो सम्झौताको रुपमा रहेकोे शिक्षालयको होटल व्यवस्थापन विभागका विभागीय प्रमुख प्रकाश रैलाले जानकारी दिए । त्यसैगरी शिक्षालयले नेपालका पाँचतारे होटलहरू सोल्टी, मल्ल, एभरेस्ट र पोखराको रुपाकोट रिसोर्टमा आफ्ना प्रशिक्षार्थीहरूलाई प्रशिक्षणवृत्तिको व्यवस्था मिलाइएको शिक्षालयका विभागीय प्रमुख रैलाले जानकारी दिए । उनका अनुसार प्रख्यात पाँचतारे होटलहरूको तालिमले प्रशिक्षार्थीहरूमा उत्साह थपिनुका साथै र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमै प्रशिक्षार्थिहरू दक्ष हुने बताए ।

नुवाकोट होटल आतिथ्यता क्षेत्रमा बामे सर्दै गरेको अवस्थामा रहेकाले सम्बन्धित निकायको साथ र सहयोग अझ पाउने हो भने पोस्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालय नुवाकोट र रसुवामै कोशेढुङ्गाको रुपमा सावित हुने विभागीय प्रमुख रैलाले बताए ।

२१ आश्विन २०८०, आईतवार २०:०५



तपाईको प्रतिक्रिया