भेरोसेल खोप आपूर्ति हुने

विदुर । नेपाल सरकारले असार २४ गतेबाट खोप आपूर्ति हुने बताएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले नेपाल सरकारबाट चीनको बेइजिङस्थित सिनोफार्म कम्पनीसँग खोप सम्झौता भएको जनाएका छन् ।

असार २४ गतेबाट खोप आपूर्ति सुरु भइ साप्ताहिक रुपमा विभिन्न चरणमा खोप आपूर्ति गर्ने तयारी भएको मन्त्रालयले जनाएको छ । उनका अनुसार गाभी कोभ्याक्स फ्यासिलिटीबाट समेत छिट्टै थप खोप प्राप्त गरी कोभिड १९ विरुद्धको खोप कार्यक्रमको विस्तार हुने बताए । स्वास्थ्य मन्त्रालयका एक अधिकारीले ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ अनुसार खोप ल्याउन लागिएको बताए । उनका अनुसार ४० लाख मात्रा भेरोसेल खोप ल्याउने सम्झौता भएकोमा पहिलो लटमा १० लाखदेखि २० लाख मात्रासम्म आउने सम्भावना छ । खोप कतिमा खरिद गरिएको भनेर सूचनामा खुलाइएको छैन ।

१९ असार २०७८, शनिबार ०९:४२



तपाईको प्रतिक्रिया