एम्नेष्टी ईन्टरनेसनलमा पुनः भण्डारी

नुवाकोट । एम्नेष्टी ईन्टरनेसनल नुवाकोट समुह ३९ को बार्षिक साधारण सभा तथा अबिधेशन सम्पन्न भएको छ । साधारण सभाले पुनः नारायण भण्डारीको संयोजकत्वमा कार्य समिति चयन गरेको छ ।

कार्यसमितिको उपसंयोजकमा गेबिन्दप्रसाद डोटेल, सचिबमा नारायण खनाल, कोषाध्यक्षमा सबिना थापा, सह सचिबमा नारायणी अधिकारी चयन भएका छन् । सदस्यहरुमा प्रमिला घिमिरे, आर्जु उप्रेती, सिताराम भण्डारी, रामजी भट्ट, बिकास अधिकारी र प्रकाश भण्डारी छन् ।

साधारण सभाले बिभिन्न उपसमिति समेत गठन गरेको छ । क्याम्पियन कोअर्डिनेटरमा रामचन्द्र भण्डारी, मानब अधिकार शिक्षा संयोजकमा रामशरण खनाल, महिला अधिकार संयोजकमा मञ्जुप्रभा लम्साल, सूचना बिभाग संयोजकमा सृजना ढुंगाना र युवा तथा बाल अधिकार संयोजकमा सञ्जिब अधिकारी चयन भएका छन् ।

२८ कार्तिक २०७७, शुक्रबार १०:४१



तपाईको प्रतिक्रिया