नाम लेखाउनुस्, जागिर खानुस्

समुन्द्रटार । दुप्चेश्वर गाउँपालिकाले बेरोजगार युवालाई सूचीकरण प्रकृयामा सहभागि हुन आग्रह गरेको छ ।

बेरोजगार व्यक्तिले वडा कार्यालयमार्फत गाउँपालिकालाई खबर गर्न आग्रह गरिएको छ । सूचीकरणका लागि निवेदन दिएका युवालाई गाउँपालिका मातहत रहेको रोजगार सेवा केन्द्रको समन्वयमा एक सय दिन वरावरको रोजगारी उपलव्ध गराउने दुप्चेश्वर गाँउपालिकाका अध्यक्ष योबिन्द्रसिङ तामाङले बताए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्र तथा रोजगारीको हकसम्बन्धी ऐन २०७५ को दफा ११, अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका २०७५ को दफा १८ अनुसार बेरोजगार युवालाई सार्वजनिक बिकाश निर्माणका काममा लगाउनका लागि सूचना जारी गरेको हो ।

७ श्रावण २०७७, बुधबार २०:२९



तपाईको प्रतिक्रिया