गोसाइँकुण्ड जान नपाइने

रसुवा । कोभिड–१९ का कारण यसपटकको जनैपूर्णिमामा गोसाइँकुण्ड जान नपाइने भएको छ । यस पटक जनैपूर्णिमा साउन १९ गते परेको छ ।

गोसाइँकुण्ड क्षेत्र विकास समिति रसुवाले यसपालिको मेला स्थगन गरेको हो । भदौ १ गतेबाट मात्र सार्वजनिक सवारी सञ्चालन हुने र सरकारले धार्मिक मेला सञ्चालन नगर्न आग्रह गरेकाले मेला स्थगित गरिएको समितिका अध्यक्ष सन्जिव डिएमले बताए । रसुवा भित्रकै कोही नागरिक गोसाइँकुण्ड मेला भर्न गएमा सामाजिक दूरी कायम गर्नका लागि समितिले आग्रह गरेको छ ।

११ श्रावण २०७७, आईतवार १६:१३



तपाईको प्रतिक्रिया