समातिन थाले मास्क नलगाउनेहरु

नुवाकोट । गृह मन्त्रालयको निर्देशन लगत्तै नुवाकोटमा मास्क नलगाई सार्वजनिक स्थनमा बसिरहेका र हिड्नेहरुलाई नुवाकोट प्रहरीले सामात्न थालेको छ । यसरी पक्राउ पर्नेहरुसित एक-एक सय रुपैयाँ लिएर प्रहरीले छाड्न थालेको छ ।

हिजो सोमवार मात्रै विदुर नगरपालिकाको विभिन्न स्थानहरुमा मास्क नलगाई हिडेका ३८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई जरिवाना गराएर छाडिएको बताइएको छ । त्यस्तै, झण्डै चार सय जनालाई नियन्त्रणमा लिएर मास्क लगाएर छाडिएको पनि प्रहरीले जनाएको छ । यसरी मास्क नलगाई हिडेहरुलाई नियन्त्रणमा लिन र जरिवाना गराउनका लागि जिल्ला प्रशासन कार्यालय नुवाकोटले आफ्नो नाममा छापिएको रसिद प्रहरीलाई उपलब्ध गराएको छ । ट्राफिक प्रहरी र विभिन्न स्थानमा चेकजाँचमा बसेका प्रहरीहरु मास्क नलगाउनेहरुको पहिचान गर्दै रसिद काटिरहेका छन् ।

१३ श्रावण २०७७, मंगलवार ०८:५९



तपाईको प्रतिक्रिया