श्रीमती मार्न खोज्ने पक्राउ

विदुर । बेलकोटगढी नगरपालिका वडा नं. ७ महादेबफाँटका ३७ वर्षिय पशुराम नेपाललाई आफ्नै श्रीमतीको ज्यान मार्ने उद्योगमा जिल्ला प्रहरी कार्यालय नुवाकोटले पक्राउ गरेको छ ।

श्रीमती सुमी घिमिरे नेपाललाई ज्यान मार्ने भौतिक आक्रमण गरेको प्रहरीले जनाएको छ । मुद्दा दर्ता भएपछि लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरी जिल्ला अदालत पेश गरिएको डिएसपी राजेश थापाले जानकारी दिएका छन् । उनलाई हिजो जिल्ला अदालत नुवाकोटमा पेश गरिएकोमा प्रहरीले अनुसनधान गर्नका लागि पाँच दिनको समय पाएको छ ।

घाइते घिमिरेको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ ।

१० भाद्र २०७७, बुधबार २१:३८



तपाईको प्रतिक्रिया