संगठन विस्तारमा समाजवादी आक्रामक

विदुर । नेकपा एकीकृत समाजवादीले पछिल्लो समय नुवाकोटमा संगठन विस्तारको कार्यलाई आक्रामम रुपमा बढाएको छ । एमालेसंगगको विभाजसंगै आफ्नो अस्तित्व स्थापित गर्नका लागि समाजवादीले दैनिक रुपमा वडातहमै कार्यक्रमको आयोजना गरिरहेकेको छ । यस क्रममा यो हप्ता सुर्यगढी गाउँपालिका वडा नं. ३ र पञ्चकन्या गाउँपालिका वडा नं. ३ मा समाजवादीको कार्यक्रम भएको समाचार प्राप्त भएको छ ।

नेकपा एमालेका केन्द्रीय सदस्य बिन्दा ढुङ्गानको गृह वडामा नेकपा एकीकृत समाजवादीले ३७ सदस्यिय कमिटि बनाएको छ । समाजवादी नुवाकोटका जिल्ला सचिवालय सदस्य तथा वडा ईञ्चार्ज राममणि अधिकारीको सभापतित्वमा कार्यक्रम भएको थियो । समाजवादी बागमती कमिटि सदस्य यमकुमार खातीको प्रमुख आतिथ्यतामा शनिवार कार्यक्रम भएको हो ।

वडा भेलाले मनोज न्यौपानेको संयोजकत्वमा कमिटि निर्माण गरेको छ । कार्यक्रममा समावजादी नुवाकोटका सचिवालय सदस्य एवं आर्थिक विभाग प्रमुख ईञ्जिनियर रामकृष्ण राजभण्डारी, सचिवालय सदस्य रोजराज अधिकारी, सज्जन श्रेष्ठ, सुजना खतिवडा युवासंघ नुवाकोटको संयोजक सुरेश अधिकारी, खाद्य किसान संघका केन्द्रीय सदस्य रामप्रसाद अधिकारी, युवा संघ सुर्यगढी ईञ्चार्ज धनराज खनाल लागायतको उपस्थिति थियो ।

भेलाले विज्ञान खनाललाई सुर्यगढी गाउँपालिका वडा नं. ३ को युवा ईञ्चार्ज चयन गरेको छ । कमजोर मानिएको वडामा समेत ठुलो संख्यामा कमिटि बन्नुले आफुहरुलाई उत्साहित बनाएको र एमालेका केन्द्रीय सदस्यको घर भएकै वडामा एमालेबाट समाजवादीमा युवाशक्तिको आकर्षण बढ्नु खुसीको कुरा रहेको वडा ईञ्चार्ज राममणि अधिकारीले बताएका छन् ।

यसै बीच, नेकपा एकीकृत समाजवादीले पञ्चकन्या गाउँपालिका वडा नं. ३ मा कमिटि गठन गरेको छ ।

वडा कमिटि गठन कार्यक्रमका प्रमुख अथिति समाजवादीका पोलिटब्युरो सदस्य राजेन्द्रप्रकाश लोहनीले केपी ओलीले कम्युनिष्ट आन्दोलनको बाटो छोडेकाले समाजवादी पार्टी गठन भएको बताए । कार्यक्रममा बागमती प्रदेश कमिटी सदस्य राजेश थापा, राम थापा, सुर्य कँडेल, जिल्ला कमिटि सचिव पदम उप्रेती, जिल्ला कमिटि सदस्य अर्जुन कार्की, श्रीकृष्ण खतिवडा, गणेश थापा, युवा नेता दिपेश चित्रकार, उत्तम श्रेष्ठ लगायतको उपस्थिति थियो ।

भेलाले वडा कमिटि अध्यक्षमा सिताराम थापा, उपाध्यक्षमा चित्रलेखा थापा र मैया कुमारी थापा, सचिबमा सुरेश अधिकारी (रबिन्द्र) र उपसचिबमा कान्छीमाया तामाङ्गलाई चयन गरेको छ । वडा कमिटि २१ सदस्यीय बनेको छ । युवा संघको वडा कमिटि अध्यक्षमा बिनोद थापा, उपाध्यक्षमा प्रशन तामाङ र बिशन थापा, सचिवमा पुजन प्याकुरेल र उपसचिवमा प्रदिप थापा चुनिएका छन् । अखिल नेपाल महिला संघ वडा कमिटि अध्यक्षमा सरिता थापा, उपाध्यक्षमा मैयाँ थापा र सचिबमा तुलसा थापा चुनिएका छन् ।

२५ पुष २०७८, आईतवार १९:२१



तपाईको प्रतिक्रिया