सहिदको सालिक अनावरण

घ्याङस्वाँरापार्क । नुवाकोटको पञ्चकन्या गाउँपालिकामा जनयुद्धका क्रममा शाहदत प्राप्त १३ जना सहिदहरूका अर्धकदको शालिक शनिवार अनावरण भएको छ ।

नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा नुवाकोट क्षेत्र नं. १ का संघीय सांसद हितबहादुर तामाङ, अर्का केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभाका सदस्य तथा निवर्तमान उपसभामुख राधिका तामाङलगायतको उपस्थितिमा शनिबार पञ्चकन्या गाउँपालिका–४ घ्याङस्वाँरामा सहिद स्मारक पार्कमा निर्मित शालिक अनावरण गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि, विशेष अथिति र गाउँपालिका अध्यक्ष तेजबहदुर तामाङले दोसल्ला ओढाएर सहिद परिवारलाई सम्मान गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री एवं संघीय सांसद हितबहादुर तामाङले सहिदहरूको सम्मान गर्ने पक्षमा रहेको बताए । उनले अनावरण गरिएको शालिक मानव जीवनरहेसम्म रहिरहने विश्वास व्यक्त गरे ।

प्रदेश सांसद राधिका तामाङले यसअघि राज्यले गर्न नसकेको जनयुद्धका सहिदहरूको सम्मान पञ्चकन्या गाउँपालिकाले दिएर प्रशंसनीय काम गरेको भन्दै गाउँपालिका अध्यक्षलगायत सबै टिमलाई धन्यवाद दिए । उनले अरु गाउँपालिकाको तुलनामा पञ्चकन्या गाउँपालिकाले विकास र सुशासनको निमित्त राम्रो काम गरेर धेरै अघि रहेको उल्लेख गरे । पञ्चकन्याका विकासका लागि गाउँपालिकामात्रै नभई सबै पक्षले सहयोग गर्न‘पर्नेमा उनले जोड दिएका छन् ।

पञ्चकन्या गाउँपालिकाले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ अन्तर्गत निर्माणाधीन घ्वाङस्वाँरापार्कमा तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धका क्रममा सहादत भएका १३ जना सहिदहरूको अर्धकदको शालिक निर्माण गरेको छ । जसमा वडा नम्बर १ का सुमन तामाङ (दिपेश), मधुकर राई, रामकृष्ण राई, वडा २ का श्रीकृष्ण राई, रामशरण नेपाली, वडा ३ का ईश्वर थापा, वडा ४ का समुन्द्र मल्ल ठकुरी (अजित), वडा नम्बर ५ का केशवराज पाण्डे, गौरी सिटौला, शिवशरण भारती, पुरुषोत्तम खतिवडा र सुनिलकुमार तामाङ छन् ।

२२ फाल्गुन २०७९, सोमबार २०:४८



तपाईको प्रतिक्रिया