वाईसीएल पञ्चकन्या अध्यक्षमा सुरेन्द्र

घलेभन्ज्याङ । नेकपा (माओवादी केन्द्र) को युवा संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) नेपाल पञ्चकन्या गाउँपालिका अध्यक्षमा सुरेन्द्र तामाङ चयन भएका छन् ।

पञ्चकन्या–३ घलेभनञ्ज्याङमा गएको शनिबार भएको सम्मेलनबाट तामाङको नेतृत्वमा ७१ सदस्यीय नयाँ समिति सर्वसम्मत चयन भएको हो । समितिको उपाध्यक्षमा प्रकाश खतिवडा, विवश बोहोरा, भुवन ढकाल, सचिव रोशन तामाङ, सहसचिवमा केशव खनाल, सुनिल तामाङ, सुवास तामाङ, श्रीकृष्ण श्रेष्ठ र कोषाध्यक्षमा आइतमान तामाङ (उमेश) चयन भए । सम्मेलन माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा संघीय सांसद हितबहादुर तामाङले उद्घाटन गरेका थिए ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरू पुष्पबिक्रम मल्ल, ईश्वरचन्द्र ज्ञवाली, माओवादी केन्द्र बागमती प्रदेश सदस्य तथा नुवाकोट क्षेत्र नं–१ का पार्टी संयोजक प्रमोदलाल श्रेष्ठ, वाग्मती प्रदेश पार्टी सदस्य तथा नुवाकोट क्षेत्र नं–१ प्रदेश–१ का पार्टी इन्जार्ज एवम् पञ्चकन्या गाउँपालिका निर्वाचित अध्यक्ष तेजबहादुर तामाङ, प्रदेश समिति सदस्य सुवास तमाङ, वाईसीएल नेपालका वाग्मती प्रदेश सहइन्चार्ज सुरज तामाङ, जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य जितेन्द्रसिंह ठकुरी, माओवादी केन्द्र पञ्चकन्या गाउँ संगठन समिति अध्यक्ष मणिनाथ लामिछानेलगायत पदाधिकारीहरू, पञ्चकन्या गाउँपालिका उपाध्यक्ष विमला केसी, पार्टीका जनवर्गीय संगठन तथा मोर्चाका पदाधिकारी र सदस्यहरूको उपस्थिति रहेको थियो ।

२२ आश्विन २०८०, सोमबार ०५:३१



तपाईको प्रतिक्रिया