करागारमै असुरक्षित

धुञ्चे । रसुवा कारागारका कैदी बन्दीहरूले कारागार भित्रै असुरक्षित भएको भन्दै जीवन रक्षाको माग गर्दै प्रमुख जिल्ला अधिकारी गुहारेका छन् ।

आफुसंगै रहेको बन्दहिरूले धम्याउने र मार्न खोज्ने भन्दै जिल्ला कारागारमा रहेको बन्दीहरूले सुरक्षा प्रमुखलाई निवेदन नै लेखेर विन्ति बिसाएका हुन् । जिल्ला कारागार रसुवामा रहेका कैदीबन्दीहरू भारतीय नागरिक अलि आन्ना, अर्जुन, अविनास, जसवाल, समिर, मिङमार सिङगी लगायतले अन्य कैदी बन्दीलाई धम्काउने, दुःख दिने गरेको भन्दै लिखित पत्र प्रमुख जिल्ला अधिकारीलाई पठाएका छन् । अहिले रसुवा जिल्ला कारागारमा ५ महिला र ६४ पुरुष गरि ६९ जना कैदी बन्दी छन् ।

२२ श्रावण २०८०, सोमबार ०५:१०



तपाईको प्रतिक्रिया