नुवाकोटका ३६ विद्यालयमा नर्स

त्रिभुवन त्रिशुली माध्यमिक बिद्यालय

विदुर । नुवाकोट जिल्लाका ३६ वटा विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन भएको छ । ३१ वटा विद्यालयमा नर्सहरूले नियमित सेवा दिइरहेको र अन्य पाँचमा नर्सको नियुक्ति भईसकेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अधिकृत बासुदेव अधिकारीका अनुसार ३१ वटा विद्यलायमा यस अघिनै नर्सले सेवा दिइरहेका छन् । अन्य पाँच वटा विद्यालयका लागि नर्सको नियुक्ति भइसकेपनि काममा भने गएका छैनन् । ‘कही दिनमै नर्सहरू सेवाका लागि विद्यलाय पुग्ने जानकारी पाएका छौं’ अधिकारीले भने । नुवाकोटको १२ वटा स्थानीय तहमा ३÷३ वटा विद्यलायका दरले यो कार्यक्रम सञ्चालन भइरहेको अधिकारीले जानकारी दिएका छन् ।

बागमती प्रदेशले सञ्चालन गरेको एक विद्यालय एक नर्सको अबधारण अनुसार कार्यक्रम सञ्चालन भएका बिद्यालयहरूको वातावरणमा नै परिवर्तन हुन थालेको छ । कार्यक्रम सञ्चालनको दुई बर्षमा कार्यक्रम सफल बन्दै गएको बागमती प्रदेशले जनाएको छ । नुवाकोटको त्रिभुवन त्रिशुली माध्यमिक बिद्यालयमा पाईलट प्राजेक्टको रुपमा यो कार्यक्रम सुरु भएको थियो ।

विदुर नगरपालिका वडा नम्बर १ त्रिशुलीमा रहेको त्रिभुवन त्रिशुली माध्यमिक बिद्यालयका सहायक प्रधानाध्यापक राजेन्द्र दवाडीले बिद्यालयमा नर्सको दरबन्दी भएसँगै बिद्यार्थीहरूको पढाईमा निरन्तरता दिन सहयोग पुगेको बताएका छन् । सामान्य स्वास्थ्य समस्या देखिएका बिद्यार्थीहरूमा पनि पठनपाठनमा कुनै समस्या नहुने गरेको र विद्यार्थीहरूको विद्यालय उपस्थित हुने दर ह्वात्तै बढेको उनले बताएका छन् । ‘नर्सले समुदायमा पनि स्वास्थ्य सम्बन्धी जनचेतना जगाउने गरेका छन् । बिद्यालयमा स्वास्थ्य तथा सरसफाईका बिषय, स्वस्थ रहने उपाय लगायतको बिषयमा परामर्श समेत सञ्चालन हुँदै आएको छ’ दवाडीले भने– ‘जसले गर्दा बिद्यार्थीहरूले सुरक्षित महसुस गरेका छन् ।’

बालबालिकाहरूको स्वास्थ्यमा सामान्य समस्या देखिदा बिद्यालय नपठाउने अभिभाकहरूले पनि अहिले बिद्यालयमा नर्सको ब्यबस्था भएपछि नियमित रुपमा बिद्यालयमा पठाउने गरेका छन् । बिद्यालयमा रहेको नर्सले चेकजाँच गरेर सामान्य औषधि समेत बिद्यालयले नै उपलब्ध गराउने भएपछि अबिभाबकहरू समेत बिद्यालयसंग नजिकिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नविन्द्रमान प्रधानले बताए ।

बिशेष गरी किशोरीहरू महिनावारीको समयमा बिद्यालय नआउने गरेकोमा एक बिद्यालय एक नर्सको ब्यबस्थाले त्यो समस्या समेत हटेको छ । बिद्यालयमानै काउन्सिलिङ हुने, आबाश्यक सामान्य औषधोपचार हुने, बिद्यालयमा हुने दुर्घटनामा समेत बिद्यालयलाई सघाउने पुगेको अध्यक्ष प्रधानको भनाई रहेको छ । ‘विद्यालयमा नर्सको व्यवस्था भएपछि खानपान, सरसफाइ र स्वास्थ्य क्षेत्रमा धेरै परिवर्तन भएको छ’ उनी भन्छन्– ‘किशोरावस्थाका विद्यार्थीलाई महिनावारी र यौन प्रजनन स्वास्थ्यबारे उनै नर्सले परामर्श दिने गरेका छन् । नसले गर्दा हुन सक्ने सम्भाबित दुर्घटना समेत टर्दै आएको छ । लागु औष तथा दुब्र्यसनीमा फस्ने डर समेत परामर्शले घटाउदै लगेको छ ।’

अहिले स्कुलमा नै उपचार हुने भएपछि विद्यार्थी घरमा भन्दा स्कुलमा बढी रमाउने गरेको अनुभव छ त्रिशुली माध्यमिक बिद्यालयका नर्स निरजरा तामाङको । नुवाकोटमा यो कार्यक्रम सञ्चालन भएका सबै बिद्यालयहरूमा नर्स नियुक्त भएपछि स्कुलभित्र र बाहिर सरसफाई, स्वास्थ्य, खानपान र विद्यार्थीको उपस्थितिमा सुधार आएको उनको बुझाई रहेको छ । ‘प्रायः सबै बिद्यालयमा अहिले जंकफुड बन्द भएका छन्’ तामाङ भन्छन् ।

स्कुललाई आवश्यक औषधि खरिद गर्न बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयले केहि बजेटको ब्यबस्था गरेको छ । नपुग भएको औषधि खरिदमा बिदुर नगरपालिका र स्वयम बिद्यालयले नै खरिद गर्दै आएको छ । बाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सामुदायिक विद्यालयका विद्यार्थी र शिक्षकलाई स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले २०७४/७५ मा नमुनाका रूपमा १३ जिल्लाका २० सामुदायिक विद्यालयमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सुरु गरेको थियो ।

कार्यक्रम अत्यन्त प्रभावकारी भएको ठहर गर्दै प्रदेश सरकारले आव २०७५/७६ मा १३ जिल्लाका ११९ स्थानीय तहका १२१ विद्यालयमा नर्स खटाएको हो । समुदाय र विद्यालयमा यसको प्रभावकारिता बहुआयामिक ढंगले परेको ठहर गर्दै २३८ जना नर्सको व्यवस्था गरेको हो । प्रदेश सरकारले १३ जिल्लाका ११९ पालिकाका ४५८ वटा माविमा विद्यालय नर्सको व्यवस्था गरिसकेको छ । ‘एक विद्यालय एक नर्स’ कार्यक्रम अत्यन्त प्रभावकारी देखिएकाले सबै माविमा विस्तार गर्ने योजना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२७ फाल्गुन २०७८, शुक्रबार १३:०३



तपाईको प्रतिक्रिया