निषेधाज्ञा थप खुकुलो हुनसक्ने

विदुर । नुवाकोटमा ९ गते देखि निषेधाज्ञा थप खुकुलो र व्यवस्थित हुने अनुमान गरिएको छ । त्यासे हुँदा सार्वजनिक यातायात भने सञ्चालन नगरिने बताइएको छ ।

कोरोना संक्रमणको जोखिम केहि घटेसँगै ‘स्मार्ट निषेधाज्ञा’को नीति लागू गर्न लागिएको हो । तर जोखिम अझै टरिनसकेको कारण सार्वजनिक यातायात सञ्चालन केहि पछिबाट मात्रै हुने बताईएको छ । उपत्यकाको निषेधात्रामा केहि खुकुलो बनाउने भएपछी नुवाकोटमा त्यसै अनुसार हुने भएको छ । यस भन्दा अगाडी पनि काठमाडौंको अबस्थालाई हेरेर नुवाकोटमा निषेधाज्ञा हुँदै आएको थियो ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी जीबनप्रसाद दुलालका अनुसार निषेधाज्ञाको अबस्थाको बिषयमा छलफल गर्न कोभिड–१९ जिल्ला संकट ब्यबस्थापन केन्द्रको बैठक आज सोमबार बस्दै छ । हालको भन्दा केहि व्यवस्थित र खुकुलो बनाउनेबारे छलफल गर्नका लागि बैठक बस्न लागेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।

निषेधाज्ञाको मोडेल परिवर्तन गरि पहिलेभन्दा थप खुकुलो र व्यवस्थित बनाउनबारे निर्णय हुने बताइएको छ । अहिले संक्रमितको तुलनामा नुवाकोट तेश्रो स्थानमा छ । अन्य क्षेत्रहरु खुकुलो बनाइने भएपनि सार्वजनिक यातायात भने तत्काल खोलिन अबस्था रहेको छैन ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्यामा कमि आएसँगै उपत्यका प्रशासनले निषेधाज्ञाको मोडेल परिवर्तन गरेको हो । त्यसै अनुसार नुवाकोटमा लागू हुने छ । नेपालमा कोरोना संक्रमणको दोस्रो लहर आएसँगै नुवाकोटमा वैशाख २३ गतेबाट निषेधाज्ञा जारी गरिएको थियो । विभिन्न चरणहरुमा थप गरिएको जारी निषेधाज्ञा भोली असार ८ गते बाट सकिदैछ ।

७ असार २०७८, सोमबार १६:४०



तपाईको प्रतिक्रिया