कक्षा १२ को पूरक परीक्षा माघ २ र ३ गते

विदुर । कक्षा १२ को ग्रेड वृद्धि अर्थात् पूरक परीक्षा आउँदो माघ २ र ३ गते हुने भएको छ ।

बोर्डले गएको शुक्रवार सार्वजनिक गरेको नतिजामा कम जीपीए प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन पाउने भएका हुन् । बोर्डले सूचना जारी गर्दै अन्य सबै विषयमा àसी प्लस’ वा त्यसभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढीमा दुई विषयमा ‘सी’ वा ’डी प्लस’ ग्रेड प्राप्त गरेका परीक्षार्थीले दुई वा तीनमध्ये कुनै एक विषयमा ग्रेड वृद्धि परीक्षा दिनसक्ने जनाएको छ ।

अन्य सबै विषयमा ’डी प्लस’ वा त्यो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा कुनै दुई विषयमा ‘डी’ वा ‘ई’ ग्रेड प्राप्त गर्ने वा अनुपस्थित भएका परीक्षार्थीले दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन सक्ने जनाएको छ ।

२०७८ माघ २ गते अनिवार्य अङ्ग्रेजी (००४), एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरूको सबै विषय, दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरूका लागि आफूले परीक्षा दिने विषयमध्येको सानो कोड नम्बर भएको विषय र ३ गते दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरूका लागि आफूले परीक्षा दिने विषयमध्येको ठूलो कोड नम्बर भएको विषयमा परीक्षा हुने बोर्डले जनाएको छ ।

२३ मंसिर २०७८, बिहीबार १०:४३



तपाईको प्रतिक्रिया