स्वास्थ्य सामाग्री प्रदान

विदुर । नुवाकोटमा सञ्चालित रेडियो जालपाका अध्यक्ष पुर्णलाल श्रेष्ठले स्वास्थ्यकर्मी तथा प्रहरीलाई स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराएका छन् ।

कोभिड–१९ (नोबेल कोरोना भाइरस) नियन्त्रण र रोकथानको लागी ‘फ्रण्टलाईन’मा बसेर काम गरिरहेकाहरुलाई सुरक्षित पार्न आफ्नो निजी खर्चमा सामाग्री उपलब्ध गराइएको उनले जानकारी दिए । त्रिशुली अस्पताल, चौघडा स्थित स्वास्थ्य चौकी, शिवपुरी गाउँपालिकाका स्वास्थ्यकर्मी, जिल्ला प्रहरी कार्यालय, प्रहरी चौकी ढिकुरे र अस्थायी प्रहरी पोष्ट गुर्जेभञ्याङ्गलाई पिपिआई सेट, पञ्जा र चश्मा उपलब्ध गराएका हुन् । अस्पताल र प्रहरी कार्यालयमै पुगेर उनले आज ति सामाग्रीहरु हस्तान्तरण गरे ।

१० भाद्र २०७७, बुधबार २२:२२



तपाईको प्रतिक्रिया