लिखुको कोभिड अस्पताललाई र सिटी कम्युनिटी अस्पताललाई प्रदेश सरकारको सहयोग

विदुर । वाग्मती प्रदेश सरकारले मातहतका ६ वटा अस्पताललाई कोरोना नियन्त्रण र उपचारका लागि २ करोड ५५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

प्रदेश विपद् व्यवस्थापन निर्देशक समितिको बैठकले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट सामाजिक विकास मन्त्रालयमार्फत ६ अस्पताललाई उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

मुख्यमन्त्री डोरमणि पौडेललको अध्यक्षतामा बसेको बैठकले नुवाकोटको लिखु गाउँपालिकामा सञ्चालित कोभिड अस्पताललाई २० लाख र नुवाकोटको सिटी कम्युनिटी अस्पताललाई ३० लाख रुपैयाँ दिने निर्णय गरेको छ । यस्तै गरि बाग्मती प्रदेश सरकारले नुवाकोटको देबिघाटमा रहेको आयुर्बेदिक औषधालय र त्रिशुली अस्पताललाई भौतिक संरचना निर्माणको लागी थप बजेट निकासा गर्ने जनाएको छ । त्रिशुली अस्पतालमा आबाश्य जनशक्ति ब्यबस्थापनको लागी दरबन्दि थप गर्ने निति बाग्मती प्रदेशले लिएको छ ।

यसैगरी, बैठकले सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा बाढीपीडितहरूका लागि तत्काल आवश्यक खाद्यान्न सामग्री जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोक पठाउने निर्णय पनि गरेको छ ।
मनसुनबाट हुने क्षति रोकथाम एवम् उद्धारका लागि प्रदेश आपत्कालीन केन्द्र अन्तर्गत गोदामघरमा भएको उद्धार सामग्री प्रदेश प्रहरीको समन्वयमा धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रे र दोलखाका जिल्ला प्रहरी कार्यालयमा तत्काल पठाइने भएको छ ।

समितिले प्रदेश विपद् व्यवस्थापन कोषमा १० करोड रुपैयाँ थप गर्न आर्थिक मामिला मन्त्रालयलाई पत्राचार गर्ने भएको छ ।

७ असार २०७८, सोमबार १७:५२



तपाईको प्रतिक्रिया