श्रष्टा सम्मान र कृति लोकार्पण

विदुर । साहित्यकार रुपा थापाको ‘सिङ्गो जूनको प्रतिक्षा’ साहित्यकार रामहरी रिमाल ‘बाजे’को ‘माउसुलीको पुच्छर’ लगायतका साहित्यक कृतिहरू विदुरमा बैशाख १ गते बिहीवार लोकार्पण भएको छ ।

प्राध्यापक डा. मोहन तिमिल्सिनाले कृतिको विदुरमा आयोजित एक कार्यक्रमका बीच लोकार्पण गरेका हुन् । नुवाकोट साहित्य संगमले प्रकाशनमा ल्याएको थापाको ‘सिङ्गो जूनको प्रतिक्षा’ कृतिमा मानवीय चेत, नारी अस्तित्व, प्रकृतिप्रेम, राष्ट्रप्रेम, स्वतन्त्रता, जनजीविका छन् । कार्यक्रमा बोल्दै तिमिल्सिनाले थापाको कृतिमा मानिसको दैनिक जीवनमा पैदा हुने आरोह अवरोह, सामाजिक विकृती, विसंगति एवं मानवीय जीवनका भोगाईका समस्याहरूलाई काव्अयात्ध्यामक शैलीमा सुन्दरात्मक बिम्बहरूको प्रयोगका साथ व्यङ्ग्यात्मक तवरले प्रस्तुत भएको बताएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै डा. तिमिल्सिनाले समाजमा विकृती र विसंगतिले समाज परिस्कृत भईरहेको बताएका छन् । देशका लाखौँ युवाशक्ति विदेशमा रहेको र भविष्यमा देशमै फर्कने भएकोले सरकारले समयमै यस विषयमा सोच्नुपर्ने बताए । पैसा दिएर सम्मान लिने प्रवृत्तिको हावी भईरहेको परिस्थितिमा नुवाकोट साहित्य संगमले गरेको योगदानको चर्चा गरेका छन् ।

कार्यक्रममा साहित्यकार थापाले अपाङ्गता भएका महिलाले सहनुपर्ने हिंसा, पिडा र अवरोधको साथै सार्वजनिक स्थानमा भौतिक संरचनाको कारणले गर्दा अपाङ्गता भएकाहरू महिलाले भोगिरहेको कठिनाइले गर्दा सिङ्गो जुन उदाउन नपाएको हुनाले आफुले उक्त कृति बजारमा ल्याएको बताईन् ।

नुवाकोट साहित्य संगमका अध्यक्ष सुमित्रा सुमीले साहित्यमा निरन्तर सक्रिय साहित्यिक स्रष्टा थापाको समाजसेवा, राजनीतिसँगै साहित्य लेखनलाई मुख्य विन्दुमा पुर्याउन संस्थाले कृति बजारमा ल्याएको बताईन् । १३६ पेज भएको कृतिमा ५० कविताहरू सङ्ग्रहित रहेको छ । साहित्यकार थापा आधा दर्जन सम्मानबाट सम्मानित भईसकेकी छिन् ।

साहित्यकार रिमालको ‘माउसुलीको पुच्छर’ कृतिमा जीवनमा अघि बढ्ने मानिसले खुट्टा तान्ने र पुच्छर समात्नेलाई कहिले फर्कन नहुने र पछाडि फर्केर हेरिएमा बदलाको भावना जाग्ने र समाजमा खलबलीको सिर्जना हुने व्यङ्ग्यात्मक भावलाई कृतिमा समावेश गरिएको बताए ।

कार्यक्रममा विभिन्न साहित्यकार तथा श्रष्टाहरूको सम्मान समेत गरिएको थियो ।

५ बैशाख २०७९, सोमबार ०६:०५



तपाईको प्रतिक्रिया