एमसीसीको बिपक्षमा मतदान गर्छौ : तामाङ

पिपल्टार । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं बागमती प्रदेशका ईञ्चार्ज हितबहादुर तामाङले हालकै अबस्थामा एमसीसी पास गर्नु राष्ट्रको लागी अभिसाप बन्ने बताएका छन् ।

फागुन १४ गते विदुर नगरपालिका वडा नं. ५ पिपल्टारमा तत्कालिन नेकपा माओवादीका उपाध्यक्ष स्व. पोष्टबहादुर बोगटीको शालिक अनाबरण हुने कार्यक्रमको छलफल कार्यक्रममा उनले बिना संशोधन एमसीसी पास गर्न नहुने बताएका हुन् ।

शक्ति राष्ट्रको धाक र धम्कीको भरमा नेपाली जनतालाई चेपुवामा पार्ने काम नेकपा माओवादी केन्द्रबाट नहुने उनले स्पष्ट पारेका छन् । प्रतिनिधि सभा सदस्य समेत रहेका तामाङले सरकारबाट बाहिरिन तयार रहेको तर अहिलेकै अबस्थामा एमसीसीको बिपक्षमा मतदान गर्ने निर्णय पार्टीको रहेको बताए । हालकै अबस्थामा एमसीसी पास गर्दा नेपालको भुमी माथी अमेरिकाले राजनीति गर्ने र शक्ति राष्ट्रको दासको रुपमा नेपाललाई हेर्ने भएकाले केही बुँदाहरू संशोधन सहित पास गर्ने पक्षमा मात्रै माओवादी केन्द्र रहेको उनको भनाई रहेको छ ।

मिलिनियम च्यालेञ्ज कर्पोरेसन अमेरिका मार्फत नेपालाई उपलब्ध गराउन लागिएको ५५ अर्ब रुपैयाको सहयोग तत्कालै पास गरेर अमेरिकाको प्रतिनिधि बन्न एमाले र नेपाली काँग्रेसका केही नेतालाई हतार भएको उनको टिप्पणी रहेको छ । शक्ति राज्यको प्रतिनिधिको रुपमा आफ्नो पार्टीलाई उभ्याएर नेपाली जनताको अभिमतबिना एमसीसी पास गर्ने दाउमा नेपाली काँग्रेस र नेकपा एमाले रहेको उनको भनाई रहेको छ ।

यसै बीच अर्को प्रसंगमा तामाङले आशन्न स्थानीय तहको निर्बाचनमा पार्टीको तल्लो तहसम्म जुट्नु पर्ने समय आएको बताएका छन् । मतदाता नामावली संकलनको चरणबाटनै नेकपा माओवादी केन्द्र निर्बाचित उन्मुख रहेकोले त्यसको संरक्षण गर्दै टोल टोलबाट कार्यकर्ता तथा मतदाता संरक्षण र परिचालनमा उत्रिनको लागी उनले निर्देशन दिएका छन् ।

नुवाकोटमा माओवादीले स्थानीय सरकारको नेतृत्व गर्ने सवालमा स्वर्णिम दिन आउन लागेको उल्लेख गर्दै प्राविधि रुपमा अघिल्लो स्थानीय तहमा भएको पराजयलाई समय यो पालीको निर्वाचनमा मेट्ने उनको भनाई रहेको छ ।

फागनु १४ गते प्रचण्ड नुवाकोट आउने

विदुर । विदुर नगरपालिकाको वडा नम्बर ५ पिपलटारमा पोष्टबहादुर स्मृति पार्कको निर्माण सम्पन्न भएको छ ।

पार्कमा स्वर्गिय बोगटीको पुर्ण कदको शालिक अनाबरण गर्ने कार्यक्रम रहेको छ । फागुन १४ गते हुने शालिक अनाबरण कार्यक्रममा नेकपा माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने कार्यक्रम तय भएको माओवादी नुवाकोट अध्यक्ष हिरानाथ खतिवडाले जानकारी दिए । त्यसका लागि पार्टीले भब्य तयारी गरिरहेको उनले बताए ।

९ फाल्गुन २०७८, सोमबार १३:४२



तपाईको प्रतिक्रिया