१८ वडा अध्यक्षले तीन मत पनि पाएनन्

विदुर । बैशाख ३० गते नुवाकोटमा भएको स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष पदको उम्मेदवारीमा शुन्य मत आउनेदेखि प्रस्तावक र समर्थकको मत समेत नलिएका उम्मेदवारहरू भेटिएका छन् । केही स्वतन्त्र उम्मेदवारले अन्य राजनीतिक दलका उम्मेदवारलाई चुनावी अभियानमा निर्वाचन आयोगबाट लिने फाइदाका लागि ‘डमी’ बनेको भएपनि दलको आधिकारिक वडा अध्यक्षका उम्मेदवारले समेत एक मत पनि पाएनन् । निर्वाचनमा उम्मेदवार नै खरिद विक्रि हुने आरोप लाग्दै आएकोमा वडा अध्यक्षले एउटा पनि मत नपाउदा आरोपमा थप बल पुगेको छ ।

नुवाकोटको २ नगरपालिका र १० गाउँपालिकामा ८८ वडा छन् । त्यसमा ८ जना वडा अध्यक्षका उम्मेदवारले शून्य मत लिएका छन् । त्यस्तै, १० जना उम्मेदवारले प्रस्तावक र समर्थकको समेत मत लिन सकेका छैनन् । (मत संख्या र उम्मेदवारको नामावली माथी हेर्नुहोस्) । उम्मेदवारी दर्ता गर्दा एक जना प्रस्तावक र एक जना समर्थक राखेर मात्रै उम्मेदवारी दर्ता हुन्छ । प्रस्ताव गरेको वा वडा अध्यक्षका लागि लायकका हुन् भनेर समर्थन गरेका मतदाताले समेत मतदान नगरेका उम्मेदवारहरू भेटिए ।

यसरी मत शुन्य हुने वडा अध्यक्षको उम्मेदवारमा नेकपा एकीकृत समाजवादीको समेत छन् । अन्य स्वतन्त्र चार जना र जन समाजवादी पार्टी नेपालका तीनको मत पनि शुन्य छ । त्यस्तै, आफ्नो, प्रस्तावक र समर्थक गरी कम्तिमा तीन मतपनि लिन नसक्ने उम्मेदवारहरूमा नेकपा एकीकृत समाजवादीको उम्मेदवार समेत छन् ।

यसै बीच, नुवाकोटमा सबै भन्दा कम मत लिएर वडा अध्यक्षमा निर्वाचन जित्नेमा म्यागङ गाउँपालिका– १ मा छन् । नेपाली काँग्रेसका उम्मेदवार जिमाबहादुर तामाङ जम्मा ९४ मत पाएर निर्वचित भए । निकटतम प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रका अनिलकुमार घलेले ६९ मत पाए । २५ मतको फरकमा तामाङ बिजयी भए । सोही वडाको अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका अन्य उम्मेदवारहरू मंगोल नेशनल अर्गनाइजेसनका सुरेपबहादुर गुरुङ्गको ४४ र नेकपा एमालेका दलसिंह तामाङको ४१ मत रहेको छ ।

नुवाकोटमा ३७ जना ४० वर्षसम्मका युवाहरू वडा अध्यक्षमा निर्वाचित भए । कुन ८८ वडा मध्ये नेपाली काँग्रेसबाट निर्वाचित भएका ४० वडा अध्यक्षहरू मध्ये १७ जना युवा छन् । त्यस्तै नेकपा माओवादी केन्द्रबाट १६ जना वडा अध्यक्ष निर्वाचित भएकोमा ११ जना युवा छन् । नेकपा एमालले नुवाकोटमा २१ वडा अध्यक्ष जितेकोमा ४० वर्षसम्मका वडा अध्यक्षहरू ९ जना छन् ।

सबै भन्दा कम उमेका वडा अध्यक्षमा नेपाली काँग्रेसबाट निर्वाचित किस्पाङ गाउँपालिका वडा नंं ४ का बिनोद तामाङ छन् । उनी २६ वर्षका भए ।

काँगेसबाट निर्वाचित ४० वर्षसम्मका वडा अध्यक्षहरूमा बेलकोगढी–२ का ३७ वर्षिय रामचन्द्र तिमिल्सिना, बेलकोगढी–१० का ३७ वर्षिय प्रल्हाद प्रसाद थपलिया, बेलकोटगढी–११ का ३७ वर्षिय प्रकाशजंग पाण्डे, दुप्चेश्वर–३ का ३० वर्षिय ध्रुबकर केसी, ककनी–५ का ४० वर्षिय बुद्धराज लामा, ककनी–७ का ३८ वर्षिय रामकृष्ण तामाङ, किस्पाङ–४ का २६ वर्षिय बिनोद तामाङ, लिखु–३ का ३८ वर्षिय सीताराम पुलामी मगर, म्यागङ–५ का २९ वर्षिय जीतबहादुर तामाङ, म्यागङ–६ का ४० वर्षिय हरिकुमार तामाङ, शिवपुरी–४ का ३२ वर्षिय चन्द्रबहादुर गुरुङ, सुर्यगढी–२ का ३५ वर्षिय दीपक अधिकारी, सुर्यगढी–५ का ३१ वषर््िाय अच्युतराज ढकाल, तादी–१ का ३८ वर्षिय नकुरदोङ तामाङ, तादी–३ का ३० वर्षिय सोनाम तामाङ, तारकेश्वर–१ का ३७ वर्षिय चक्रबहादुर तामाङ र वडा नं.३ का ३४वषर््िाय सुर्यमान श्रेष्ठ छन् ।

नेकपा माओवादी केन्द्रबाट निर्वाचित हुने ४० वर्षसम्मका वडा अध्यक्षहरूमा बेलकोटगढी–३ का ३४ वर्षिय कौशिला पुडासैनी, विदुर–१२ का ३९ वर्षिय उपिन्द्र खड्का, दुप्चेश्वर–२ का ३७ वर्षिय बिरबल तामाङ, दुप्चेश्वर–४ का ३४ वर्षिय ज्ञानबहादुर तामाङ, दुप्चेश्वर–७ का ३९ वर्षिय बुद्धिमान तामाङ, ककनी–६ का ४० वर्षिय लक्ष्मण तामाङ, किस्पाङ–२ का ३४ वर्षिया बद्रीप्रसाद देवकोटा, लिखु–६ का २९ वर्षिय सुमन भण्डारी, शिवपुरी–१ का ३४ वर्षिय सुकुराम तामाङ, तादी–२ का ३८ वर्षिय बच्चुराम तामाङ र तादी–४ का ३९ वर्षिय अश्विानकुमार पाण्डे छन् ।

नेकपा एमालेबाट निर्वाचित ४० वर्षसम्मका वडा अध्यक्षहरू बेलकोटगढी–१ का ३९ वर्षिय सन्तबहादुर तामाङ, बेलकोगढी–८ का ३३ वर्षिय सुरेशलाल चित्रकार, विदुर–४ का ४० वर्षिय निलमबाबु ढुङ्गेल, विदुर–६ का ३९ वर्षिय श्यामकृष्ण चालिसे, दुप्चेश्वर–६ का ३४ वर्षिय किशोर आचार्य, ककनी–४ का ३९ वर्षिय सोनाम लामा, लिखु–२ का ३५ वर्षिय प्रेमबहादुर थापामगर, तारकेश्वर–२ का ३७ वर्षिय शिवप्रसाद पनेरु र तारकेश्वर–६ का ४० वर्षिय नारायणप्रसाद रिमाल रहेका छन् ।

कमलबहादुर तामाङ अब स्वतन्त्र

विदुर । नुवाकोट जिल्लाका ८८ वडामध्ये एउटा वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजय भएका छन् । नुवाकोटको म्यागङ गाउँपालिकामा स्वतन्त्र उम्मेदवार वडाध्यक्ष पदमा निर्वाचित भएका हुन् । म्यागङ गाउँपालिका वडा नम्बर ४ मा कमलबहादुर तामाङ ५७० मत ल्याएर विजय भएका हुन् । तामाङ यसअघिको २०७४ को निर्वाचनमा त्यहि वडाबाट नेपाली काँग्रेसबाट निर्बाचित भएका थिए । तामाङ यसपटक नेपाली काँग्रेसका उम्मेद्धवारलाई पराजित गर्दै स्वतन्त्रबाट निर्बाचित भए ।

नेपाली काँग्रेसमा केसी पक्ष रहेका तामाङलाई काँग्रेस केन्द्रीय सदस्य बहादुरसिंह लामा तामाङले उम्मेदवार बन्नबाट रोकेपछि उनले स्वतन्त्र रुपमा मनोनयन दर्ता गराएका थिए ।

गत २०७४ को निर्वाचनमा तामाङले नेकपा माओवादी केन्द्रका तोयानाथ घलेलाई पराजित गर्दै वडा अध्यषमा निर्बाचित भएका थिए । गत निर्वाचनमा तामाङले तीन सय ९० मत र घलेले २३८ मत पाएका थिए । स्वतन्त्र रुपमा निर्बाचित भएका उनले आगामी पाँच बर्ष जनताको पक्षमा स्वतन्त्र रुपमा काम गर्ने बताए ।

६८५ जनाको धरौटी जफत

विदुर । स्थानीय तह निर्वाचन–२०७९ मा नुवाकोटका ६८५ जना उम्मेदवारको धरौटी नै जफत भएको छ । कुल सदर मतको १० प्रतिशत नल्याउने उम्मेदवारको धरौटी जफत हुने कानूनी व्यवस्था रहेको छ । धरौटी जोगाउन नसक्नेमा नेकपा एमालेका वडाध्यक्षदेखि नेकपा एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्रका मेयर उपमेयर, प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्य रहेका छन् ।

१२ पालिका, ८८ वडामा स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका ६८५ जनाले धरौटी जोगाउन सकेनन् । दुई हजार एकजना उम्मेदवारले प्रतिस्पर्धा गरेको स्थानीय निर्वाचनमा नुवाकोट जिल्लामा दल र स्वतन्त्र गरी एक हजार ३१६ जनाको भने धरौटी जोगिएको छ ।

जिल्लाको १० वटा गाउँपालिका र दुईवटा नगरपालिकामध्ये जमानत जफत हुनेमा ठूला दल नेकपा एमाले, नेकपा माओवादी केन्द्रदेखि नेकपा एकीकृत समाजवादी, राप्रपासहित स्वतन्त्र उम्मेदवार छन् । एमाले र माओवादी केन्द्रको पालिकाको वडाध्यक्षदेखि वडासदस्य, महिला सदस्य, दलित महिला सदस्य र खुला सदस्य रहेका छन् । एकीकृत समाजवादीको ककनी गाउँपालिकाको उपाध्यक्षका उम्मेदवार जितबहादुर बलामीले सदर मतको नौ प्रतिशत, ककनी गाउँपालिकामा राप्रपाका अध्यक्षका उम्मेदवार तेजबहादुर लामाले सदर मतको आठ प्रतिशत र उपाध्यक्ष संगीताकुमारी पौडेलले सदर मतको चार प्रतिशत प्राप्त गरेर जमानत जफत भएको छ ।

स्थानीय तह निर्वाचनमा कुल सदर मतको १० प्रतिशत मत नल्याए उम्मेदवारको धरौटी अर्थात् जमानत जफत हुने व्यवस्था रहेको छ । कुल सदर मतको १० प्रतिशत मत नल्याए उम्मेदवारको धरौटी (जमानत) जफत हुने प्रावधान रहेको छ । जिल्लाको १२ पालिकामा उम्मेदवार बनेका ६८५ जनाको धरौटी जफत भएको जानकारी जिल्ला निर्वाचन कार्यालयले दिएको छ ।

जमानत जफत हुनेमा ककनी गाउँपालिकामा ७५, किस्पाङमा ५३ र तादीमा ५२ जना उम्मेदवार रहेका छन् । तादीमा एकीकृत समाजवादीका उपाध्यक्षको उम्मेदवार सरु मिश्र उप्रेतीले सदर मतको आठ प्रतिशत र राप्रपाका अध्यक्षका उम्मेदवार शशिविक्रम उप्रेतीले दुई प्रतिशत र राप्रपाकै उपाध्यक्षको उम्मेदवार रजनी भण्डारीले पाँच प्रतिशत प्राप्त गरिन् ।

तारकेश्वरमा जमानत जफत हुने उम्मेदवारको सङ्ख्या ४१, दुप्चेश्वरमा ४२, बेलकोटगढी नगरपालिकामा एक सय दुई रहेको छ । एकीकृत समाजवादीबाट बेलकोटगढीमा मेयरको उम्मेदवार सानुकुमारी लामाले जम्मा ८२ मत, राप्रपाबाट मेयरका उम्मेदवार युवराज पाण्डेले एक हजार एक सय २० र उपमेयर यशोदा दाहालले एक हजार ६ मत प्राप्त गरेर कुल सदर मतको पाँच प्रतिशत ल्याउन सफल भएका छन् । म्यागङ गाउँपालिकामा ५६, लिखु गाउँपालिकामा ४८ र विदुर नगरपालिकामा एक सय ७ जना उम्मेदवारले जमानत जोगाउन सकेनन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका मेयर पदकी उम्मेदवार सुशीला खड्का र उपमेयर पदका उम्मेदवार कुलबहादुर खड्गी छन् । मेयर खड्काले ४८८ ल्याएर दुई प्रतिशत र उपमेयर खड्गीले एक हजार २८४ मत ल्याएर पाँच प्रतिशत कायम राखे ।

विदुरको उपमेयरका स्वतन्त्र उम्मेदवार बनेका इन्जिनियर रामकृष्ण राजभण्डारीको जमानत जफत भएको छ । उनले सदर मतको एक प्रतिशत कटाएनन् । ३८५ मतमा पाए ।

शिवपुरी गाउँपालिकामा उम्मेदवार बनेका ३८ जनाले धरौटी जोगाउन सकेनन् । त्यसैगरी, सूर्यगढी गाउँपालिकामा ४० जना उम्मदेवारको समेत धरौटी जफत भएको छ ।

२३ जेष्ठ २०७९, सोमबार ०४:००



तपाईको प्रतिक्रिया