देउवा निवासमा चियापान

काठमाडौँ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा आफ्नो निजी निवासमा चियापान राखेका छन्।

सभापति देउवाले बुढानिलकण्ठ स्थित निवासमा शुक्रबार बिहान पार्टीका केन्द्रीय सदस्य र सांसदहरूका लागि नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदानका लागि भन्दै चियापान आयोजना गरेका हुन् ।

उक्त कार्यक्रममा काठमाडौँमा रहेका केन्द्रीय सदस्य एवं सांसदहरुको उपस्थिति रहेको जनाइएको छ ।

३० चैत्र २०८०, शुक्रबार ११:४०



तपाईको प्रतिक्रिया