दुई वर्षमा काँग्रेसले चुन्यो कोषाध्यक्ष

विदुर । पार्टीको जिल्ला अधिवेशन भएको झण्डै दुई वर्षपछि नुवाकोट काँग्रेसल कोषाध्यक्ष पाएको छ । काँग्रेस विधान अनुसार पार्टीको जिल्ला कार्यससमितिमा निर्वाचित सदस्यलाई कोषाध्यक्षमा मनोनित गर्ने व्यवस्था रहेको छ । काँग्रेसको पदाधिकारी मध्ये कोषाध्यक्ष मात्रै मनोनित गर्ने प्रावधान रहेको छ । सो अनुसार नेपाली कांग्रेस नुवाकोटले पार्टीको कोषाध्यक्ष र प्रवक्ता चयन गरेको छ ।शनिबार बसेको जिल्ला कार्यससमतिको बैठकमा सभापति रमेशकुमार महतले कोषाध्यक्षमा काँग्रेस जिल्ला

कार्यससमति सदस्य प्रल्हाद पन्तलाई मनोनित गरेका हुन् । यस्तै प्रवक्ताको जिम्मेवारीमा नारायण अधिकारीलाई दिइएको छ । महिला विभाग समेत गठन गरेको छ । विभागको प्रमुखमा सुर्यगढी गाउँपालिकाका उपाध्यक्ष मञ्जु बुढाथोकीलाई मनोनित गरेको छ ।

२२ आश्विन २०८०, सोमबार ०५:३२



तपाईको प्रतिक्रिया