प्रेस सेन्टर नुवाकोट अध्यक्षमा पुनः गजुरेल

विदुर । प्रेस सेन्टर नेपाल नुवाकोटको तेस्रो जिल्ला सम्मेलन सोमबार बट्टारमा सम्पन्न भएको छ । सम्मेलनले रामहरि गजुरेलको अअध्यक्षतामा १५ सदस्यिय कार्य समिति निर्विरोध निर्वाचित गरेको छ । गजुरेल यस अघि पनि जिल्ला अध्यक्ष थिए । जिल्ला कार्य समितिको उपाध्यक्षद्धय जगदीश खनाल र प्रितिका थापा, सचिवमा सुजित भण्डारी, सह सचिवद्धय प्रकाश सिलवाल र दुर्गा पनेरु, कोषाध्यक्षमा द्वारिका प्याकुरेल निर्वाचित भएका छन् ।

जिल्ला कार्य समिति सदस्यहरुमा पुण्यप्रभा ढुङ्गाना, पार्वती बिक, श्रीकृष्ण खनाल, देवाशिष ढकाल, केरिना शाक्य, प्रल्हाद भट्ट, दिपक न्यौपाने र दिपेश न्यौपाने छन् । यस्तै प्रदेश सम्मेलन प्रतिनिधिहरु छ जना चुनिएका छन् । कपिलदेव खनाल, सन्तोष रिजाल, जगदीश खनाल, सुष्मा चुडाल, रोशन भण्डारी र राजेन्द्र गजुरेल प्रदेश प्रतिनिधि छन् ।

केन्द्रीय सम्मेलन प्रतिनिधिहरुमा बशुराम रिजाल, बद्रिप्रसाद प्याकुरेल, शर्मिला उप्रेती र उत्तम घिमिरे निर्वाचित भएका छन् ।

तेश्रो जिल्ला सम्मेलनको अवसरमा प्रेस सेन्टर नेपाल, नुवाकोटले संस्थापकदेखि पत्रकारितामा योगदान पु¥याएकाहरुको सम्मान गरेको छ । जिल्लाको संस्थापक अध्यक्ष बद्रिप्रसाद प्याकुरेल, जिल्ला शाखा संस्थापक सन्तोष रिजाल, केन्द्रिय सचिव प्रभा बोगटी, दयानिधि भट्ट, पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपलिदेव खनाल, प्रेस सेन्टर बागमती प्रदेश ईञ्चार्ज लक्ष्मण खड्का, प्रेस सेन्टर बागमती प्रदेश संयोजक सुनिल खड्कालालई सम्मान गरेको हो ।

कार्यक्रममा प्रमुख अतितिथ नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं स्कुल विभागका सदस्य रामदिप आचार्यले अहिलेको समयमा शिक्षकको जिम्मेवारी समेत पत्रकारको रहेको तर्क गरेका छन् । उनले समुदाय र सचेत नागरिकहरुलाई पढाउने र सही जानकारी तथा सूचना दिने दायित्व पत्रकारहरुको रहेको बताएका हुन् । ‘हिजोको समयमा शिक्षकहरुले समाज परिवर्तनका लागि जुन भुमिका निर्वाह गरेका थिए, अब त्यो जिम्मेवारी पत्रकारमा सरेको छ’ आचार्यले भने । कार्यक्रममा नेकपा माओवादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य एवं नुवाकोट सचिव पुष्प लामिछाने ‘अरुण’ लगायतले मन्तब्य राखेका थिए ।

७ मंसिर २०७८, मंगलवार १९:३९



तपाईको प्रतिक्रिया