८४ परिवारलाई खाद्यन्न

बेत्रावती । कोरोना माहामारीको कहरका बीच जारी निषेधाज्ञाका कारण कारण आर्थिक समस्या भोगिरहेका रसुवाका ८४ परिवारलाई खाद्यन्न सहयोग उपलब्ध गराइएको छ ।

रसुवा जिल्लाको कालिका गाउँपालिका वडा नं. ३ इटपारेका विश्वास नेपालीको समन्वयमा विभिन्न सहयोगी व्यक्तिहरुको सहयोगमा खाद्यन्न सामग्री उपलब्ध गराइएको हो ।

इन्जिनियर भेषराम पोखरेल र सुदिन श्रेष्ठमार्फत १८ जना व्यक्तिहरु मार्फत आर्थिक सहयोग संकलन गरी रसुवाको उत्तरगया गाउँपालिका वडा नं. ५ का ६३ परिवार र कालिका गाउँपालिका वडा नं. ४ र २ का २१ परिवारको लागि खाद्यन्न सामग्री उपलब्ध गराइएको हो ।

प्रति घरधुरी एक बोरा चामल, दाल, नुन र तेल उपलब्ध गराइएको विश्वास नेपालीले बताए । ‘लामो समयसमम निषेधाज्ञाका कारण समस्यामा परेका विपन्नलाई सहयोग गरेको हो’ नेपालीले भने– ‘सहयोगीहरुबाट संकलन गरिएको सामग्री घरमै पुगेर वितरण गरिएको हो ।’

अधिकांश दलित समुदाय दैनिक ज्याला मजदूरीमा निर्भर हुनुपर्ने र अहिले कोरोनाको कारणले गर्दा घर बाहिर गई ज्याला मजदुरी गर्ने वातावरण पनि नभएको र त्यस्तो काम गर्ने अवसर पनि सिर्जना नभएकाले यी समुदायमा खाद्यान्न लगायतको सामग्रीको अभाव परेको हो ।

५ असार २०७८, शनिबार १७:३६



तपाईको प्रतिक्रिया