आकर्षणमा भाङ्गे झरना

झरनाको निकास जमेको ठाउँ, जहाँ पर्यटकहरू नुहाउने र पौडी खेल्ने गर्छन् । तस्बिर : सुवास श्रेष्ठ

मैलुङ्ग । रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा रहेको भाङ्गे झरनामा आन्तरिक पर्यटकको घुइँचो लागेको छ । केहि वर्ष अघि सम्म भाङ्गे झरनाको कतै चर्चा थिएन । सामाजिक सञ्जालमा भाइरल भएपछि झरना हेर्न र रमाउन आउनेको भीड लागेको हो । तल बाट माथि हेर्दा सिनेमाहरूमा देखिने झरना जस्तै भएकाले भाङ्गे झरनामा अहिले दिनहुँजसो मानिस आउने गरेका छन् ।

बिदाको दिन भने झरना हेर्नेको भिड थामी नसक्नु हुने गर्दछ । झरना हेर्दै मनोरञ्जन लिन काठमाडौं उपत्यका लगायत नुवाकोट, धादिङ मकवानपुर लगायतका जिल्लाहरूबाट सयौंको संख्यामा यस ठाँउमा आउँदछन् । झरना हेर्न पुग्ने धेरैजसो युवायुवतीहरू पौडी खेल्ने, झरनामा नुहाउने, टिकटक बनाउने, फोटो खिच्ने, भिडियो बनाउने गर्छन् । यो झरना बेत्रावती–मैलुङ–स्याफ्रुबेंसी सडक खण्डमा छ ।

झरना बेत्रावती बजारबाट करिब ५ किमिको दुरीमा उत्तरतर्फ पर्दछ । झरना हेर्नेको भीड बढ्न थालेपछि उत्तरगया गाउँपालिकाले यस ठाँउको पूर्वाधार बिकासका लागि डिपिआर तयार गरि सकेकोले आगामी बर्ष देखि यस ठाँउमा मनोरञ्जन लिन आउनेहरूका लागि आबश्यता हेरी पुर्वाधार निमार्ण हुने वडा नम्बर दुईका वडाध्यक्ष टुकु सुबेदी बताए ।

यो झरना मौसमी झरना भएपनि निकै माथिबाट झरेकाले बार्षाका तीन महिना मनोरञ्जन लिनेहरूका लागि मनमोहक र आकर्षक बन्दै गएको छ ।

२२ श्रावण २०८०, सोमबार ०५:०८



तपाईको प्रतिक्रिया