स्कुल बनाउन १ अर्ब ४१ करोड खर्च

दुप्चेश्वर गाउँपालिकाको गोल्फुभञ्याङ्गमा भर्खरै निर्माण भएको गोल्फु माविको सुविधा सम्पन्न र अत्याधुनिक भवन । तस्बिर : कपिलदेव खनाल

विदुर । २०७२ सालको भुकम्पमा परि ध्वस्त भएका नुवाकोटका विद्यालयहरू पुननिर्माण गर्न करिव एक अर्व ४१ करोड रुपैयाँ खर्च भएको छ ।

जिल्ला आयोजना कार्यान्यन इकाई शिक्षा नुवाकोटका अनुसार आर्थिक वर्ष २०७३/७४ मा विद्यालय पुन निर्माणका लागि २१ करोड, ३९ लाख, ५७ हजार रुपैयाँ, आर्थिक वर्ष २०७४/७५ मा ४८ करोड २४ लाख १२ हजार रुपैयाँ, आर्थिक वर्ष २०७५/७६ मा विद्यालय र शौचालय निर्माणको लागि ३४ करोड ५ लाख ८० हजार र आर्थिक वर्ष २०७६/७७ मा विद्यालय, शौचालय र खानेपानीका लागि ३७ करोड ८३ लाख २ हजार रुपैयाँ खर्च भएको छ ।

जिल्लामा आर्थिक वर्ष २०७३/७४ देखि आर्थिक वर्ष २०७६/७७ सम्म नेपाल सरकारको अनुदानमा विद्यालय व्यवस्थापन समितिमार्फत २७७ वटा विद्यालयको ७८८ कक्षा कोठाको पुननिर्माण भएको जिल्ला आयोजना कार्यान्यन इकाई शिक्षा नुवाकोटले जनाएको छ ।

ककनीमा २५ वटा विद्यालयका ९४ वटा कक्षाकोठा, किस्पाङमा १४ वटा विद्यालयको ५२ वटाकक्षाकोठा, तादीमा १४ वटा विद्यालयको ४३ वटाकक्षाकोठा, तारकेश्वरमा २० वटा विद्यालयको ७५ वटा कक्षाकोठाको निर्माण गरिएको छ ।

यस्तै दुप्चेश्वरमा २६ वटा विद्यालयको ८१ कक्षाकोठा, पञ्चकन्यामा १२ वटा विद्यालयको ५४ वटा कक्षाकोठा, विदुरमा २७ वटा विद्यालयको ९८ वटा कक्षाकोठाको पुननिर्माण सम्पन्न भएको छ । त्यस्तै बेलकोटगढी नगरपालिकाको १५ विद्यालयको ६९ वटा कक्षाकोठाको पुननिर्माण सकिँदा, म्यागङ गाउँपालिकामा १७ वटा विद्यालयको ६० कक्षाकोठा, लिखु गाउँपालिकाका ११ वटा विद्यालयको ४५ वटा कोठाको पुन निर्माण सकिएको छ ।

शिवपुरीमा २३ वटाविद्यालयको पुननिर्माण सकिँदा ८५ वटा कक्षाकोठाको पुननिर्माण सकिएको छ भने सुर्यगढी गाउँपालिकामा १३ वटाविद्यालयको ४१ वटा कक्षाकोठाको पुननिर्माण व्यवस्थापन समिति मार्फत सम्पन्न भएको छ ।

जापान सरकारको ऋण सहयोगमा ५७ वटा विद्यालयको लागि २ अर्व १५ करोड ३० लाख ८५ हजार रुपैयाँ विपद उत्थानशिल विद्यालय परियोजनामार्फत ६ वटाविद्यालय पुननिर्माण भइरहेको छ ।त्यसको लागत २४ करोड ८७ लाख ५४ हजार रुपैया हुने अनुमान गरिएको जिल्ला आयोजना कार्यान्यन इकाई शिक्षा नुवाकोटले जनाएको छ । भुकम्प जानुअघि नुवाकोटमा ४५३ वटा विद्यालयहरू रहेका थिए । तीमध्ये भुकम्पका कारण ३६४ विद्यालय पुर्ण क्षति र १२० वटा विद्यालयमा आंशिक क्षति पुगेको थियो ।

६ पुष २०७७, सोमबार १०:०५



तपाईको प्रतिक्रिया